‘बाबा’ स्वतन्त्र विशेषज्ञमा नियुक्त

Avatar आदर्श समाज सम्वाददाता
पौष १९, २०७५

पोखरा, १८ पुस।सूर्योदय लघुवित्त वित्तिय संस्था लिमिटेडको सञ्चालकमा दुर्गाबहादुर शाह ‘बाबा’ स्वतन्त्र विशेषज्ञ नियुक्त भएका छन्।

नेपाल राष्ट्र बैंकका पुर्व उपनिर्देशक रहेका बाबालाई संस्थाको हालै सम्पन्न साधारण सभाले विशेषज्ञका रुपमा नियुक्त गरेको हो। यसैगरी, सर्वसाधारण शेयरधनीबाट तारा शर्मा नियुक्त भएकी छन्।

अधिकृत पूँजी १५ करोड, जारी पूँजी १०करोड ७९ लाख १९ हजार र चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैया रहेको लघुवित्तले २३ जिल्लामा ४८ शाखा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गदै आएको छ।

पुतलीबजार–१ मा प्रधान कार्यालय रहेको लघुवित्तले २०७० असार ६ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको थियो।

हाम्रो सुझाव

गरिमा बैंकको शाखा ललितपुरमा

प्रमुख समाचार

उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गरी सेवा दिन चिकित्सकलाई निर्देशन