हेमजा, १४ पुस। हेमजा सञ्चार सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न छैटौं साधरणसभा तथा तेस्रो चुनावी सभाले मीनराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा अर्जुन पौडेल, सचिवमा नारायणप्रसाद बास्तोला, सहसचिवमा वसन्त बास्तोला, कोषाध्यक्षमा विष्णु बास्तोला तथा सदस्यमा कृष्णप्रसाद पौडेल, प्रकाशचन्द्र सापकोटा, श्रीभद्र पौडेल, सोमनाथ पौडेल र आरती अधिकारी चयन भए ।
सभाले भरतराज अधिकारीको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ। जसको सदस्यमा बोधराज सापकोटा र नवराज त्रिपाठी छनोट भए।
कार्यक्रम उद्घाटन गर्दै पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले वर्तमान समय सञ्चारको युग भएको बताउँदै समाज रुपान्तरणमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने औँल्याए।
तिम्सिनाले रेडियो हेमजा हेमजाकै प्रतिष्ठाको विषय भएको जनाउँदै रेडियो संचालनमा गम्भीर बन्न सरोकारवालालाई आग्रह गरे। उनले डेढ दुई वर्षको अन्तरालमा जग्गा व्यवस्थापन गरी रेडियोको स्तरोन्नति गर्न वडाले पहल गर्ने प्रतिबद्घता पनि जनाएका छन्। रेडियोका सल्लाहकार कृष्णप्रसाद पौडेलले साविक क्षेत्र नम्बर ४, कास्कीको प्रतिष्ठासँग रेडियो हेमजाको इतिहास जोडिएको भन्दै आर्थिकरुपमा पनि रेडियोलाई सबल बनाउन सबै सरोकारवाला लाग्नुपर्ने बताए।
संस्थाका कावा सचिव नारायण बास्तोलाद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, कोषाध्यक्ष मीनराज तिमिल्सिनाको आर्थिक प्रतिवेदन तथा लेखा संयोजक भुवनेश्वर पौडेलको लेखा समितिको प्रतिवेदन छलफल गरी अनुमोदन भएको थियो।
सो अवसरमा सहकारी अध्यक्ष अरुणस्त्तोम त्रिपाठी, उपाध्यक्ष अर्जुन पौडेल, सेयर सदस्य रुद्रनाथ पौडेल लगायतले पनि भनाइ राखेका थिए।
कार्यक्रमबीच सहकारीका शुभचिन्तक महाकाव्यकार जनार्दनशरण त्रिपाठीलाई सम्मान गरिएको थियो। सहकारीका पूर्व सचिव केशवशरण पौडेल संयोजक तथा भुवनेश्वर शर्मा र ईश्वरी बास्तोला सदस्य रहेको निर्वाचनमण्डलले सर्वसम्मत रुपमा समिति चयन गरेको हो।
सहकारी अध्यक्ष अरुणस्त्तोम त्रिपाठीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष अर्जुन पौडेलले स्वागत, सदस्य श्रीभद्र पौडेलले सहकारीका सात सिद्घान्त वाचन तथा कावा सचिव सचिव नारायण बास्तोलाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
पोखरामा खुल्यो होटल पौवा
होटल पौवाको ११ औं शाखा पोखरामा
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९