लेखनाथ, ९ पुस ।पोखरा महानगरपालिका वडा नं २६ मा रहेको खास्टे बचत तथा ऋण सहकारी सस्थाको आठौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले आगामी कार्यकालका लागि देवानन्द दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा चन्द्रकुमारी ढुंगाना, सचिवमा पार्वती न्यौपाने, कोषाध्यक्षमा विशेश्वर ढुंगाना छन् ।
समितिको सदस्यहरुमा भगवती अधिकारी, शान्ति काफ्ले, दुर्गा बस्ताकोटी, सम्झना विक र शेखरनाथ ढुंगाना छन् । यसैगरि, समितिको लेखा संयोजकमा भरतराज अधिकारी र सदस्यहरुमा सोभाकुमारी ढुंगाना र सुमन तिमिल्सेनालाई चयन गरेको छ ।
यसअघि, कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले राज्यले चाहेको उद्देश्यअनुसार सहकारीहरुले सामुहिक लगानीबाट उत्पादनशील क्षेत्रतर्फ उन्मुख हुनुपनेर्मा जोड दिए ।
कार्यक्रममा लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कँडेल, ग्रामीण विकास बैंकका प्रतिनिधि ऋषि शर्मा ढकाल, सहकारी विज्ञ राममणि ढुंगाना, कानुनी सल्लाहकार हेमराज बराल, चक्रदेवी बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारी, खास्टे न्यूरेनी ताल संरक्षण समिमिका अध्यक्ष हरिप्रसाद अधिकारी, जल्धारे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकान्त ढुंगाना, जनप्रिय कृषि सहकारीका उपाध्यक्ष हरिप्रसाद बराल, दिपाङताल कृषि उत्पादक सहकारीका अध्यक्ष बोधराज लामिछाने, महिला सेयर सदस्यहरुको तर्फबाट दुर्गा तिमिल्सेना र सेयर सदस्य नवराज अधिकारीलगायतले धारणा राखेका थिए ।संस्थाका अध्यक्ष देवानन्द दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष चन्द्रकुमारी ढुगानाले स्वागत मन्तव्य र सचिव पार्वती न्यौपानेले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
हङकङ बजारका व्यवसायीले घेरे महानगर कार्यालय
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
hero news full width
मुख्य समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०