पोखरा, ९ पुस । नवौ संस्करणको पोखरा महोत्सवलाई जगदम्बा स्टील प्रालिले साथ दिने भएको छ ।
पोखराको अमरसिंह चौरमा आगामी पुसको २७ देखी माघको ८ गतेसम्म संचालन हुने नवौं संस्करणको पोखरा महोत्सवमा जगदम्बा स्टील प्रालि मुख्य प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो ।
मुख्य प्रायोजक जगदम्बा स्टीलका आधिकारिक बिक्रेता पोखराको रत्नचोकमा रहेको सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेशप्रसाद चौधरी र पोखरा महोत्सवका प्रायोजक ब्यवस्थापन उपसमिति संयोजक लिलाबहादुर जिसीबीच महोत्सवको मुख्य प्रायोजकको सम्झौतापत्रमा हस्ताक्षर गरी महोत्सवमा एक अर्काबीच सहकार्य गने सहमति जनाएको हो ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै जगदम्बा स्टिलका आधिकारिक बिक्रेता सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश प्रसाद चौधरीले पोखराबासीको चाहाना पोखरामा चिडियाखाना स्थापना गने भएकाले जगदम्बा स्टीलले यो पटकको पोखरा महोत्सवमा सहकार्य गरेको वताए । आफूले विगत ४ वर्षदेखी पोखरामा सिजी हार्डवेयर तथा शालिमार गु्रप संगको सहकार्य मार्फत युनाइटेड क्लवले आयोजना गने पोखरा महोत्सवसँग सहकार्य गरेको अनुभव रहेको वताउँदै युनाइटेड क्लवले पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणसँगै सामाजिक काममा देखाएको सक्रियतालाई सवैले साथ दिन आवश्यक रहेको समेत चौधरीले वताए ।
सो अवसरमा वोल्दै क्लवका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सवलाई विगत ४ वर्षदेखी साथ दिदै आएको सिजी हार्डवेयर एण्ड सप्लायर्सले यो वर्ष पनि आफूसँगै जगदम्बा स्टील प्रालिलाई समेत सहकार्य गने मौका दिएकोमा धन्यवाद ब्यक्त गरे।
उक्त अवसरमा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्धितिय उपाध्यक्ष लोकबहादुर थापालगायतको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
शीतल सहकारीको १४ औं सभा
एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित
हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा
संगम सहकारीको १६ औं सभा
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०