पोखरा, २३ मंसिर । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारले सहकारी ऐन ल्याउन लागेको बताएका छन् ।
पोखरा पृथ्वीचोकस्थित श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.को शनिवार सातौं साधारणसभा उद्घाटन गर्दै मन्त्री गुरुङले सो कुराको जानकारी दिएका हुन् । उनले अब आउने गण्डकी प्रदेश सभामा सरकारी ऐन पारित हुने बताए । उनले सहकारी ऐनको मस्यौदा आर्थिक समितिमा छलफलक्रममा रहेको जनाए ।
पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण, आदिकवि भानुभक्त आचार्यले भाषिक एकीकरण गरेको मन्त्री गुरुङले स्मरण गराए । उनले प्रदेश सरकारले आर्थिक समृद्धि र दिगो विकासको अभियान चलाउने धारणा राखे । सहकारीहरुले अनुपात्दक क्षेत्रमा नभई उत्पादन क्षेत्रमा लगानी गर्न मन्त्री गुरुङको सुझाव थियो । मन्त्री गुरुङले सहकारीभन्दा पनि सेयर सदस्य फस्टाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व सांसद चूडामणि जङ्गली, जिल्ला सहकारी संघ कास्कीका राष्ट्रिय प्रतिनिधि तथा पोखरा महानगर सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारी, सहकारीका उपाध्यक्ष तथा ऋण लगानी समितिका संयोजक बद्रीनाथ पराजुली, सचिव चन्द्रप्रसाद गुरुङ र कोषाध्यक्ष रुद्रबहादुर खत्री, नेपाल टे्रड युनियन महासंघ (जिफन्ट)का राष्ट्रिय कमिटीका सदस्य सुमन गुरुङ, सहकारीका संचालक समितिका सदस्य बलराम पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा असल ऋणि शान्तिकुमारी गुरुङ र राजेश शाही, नियमित बचतकर्ता शोभा नेपाली र बुद्धिसागर खनाललाई सम्मान गरिएको थियो ।
दिवंगत सेयर सदस्य पानबहादुर क्षेत्रीकी धर्मपत्नी विन्दु क्षत्री, हरिप्रसाद श्रेष्ठकी धर्मपत्नी श्रीमाया श्रेष्ठ र जानुका अधिकारीका श्रीमान् लेखनाथ अधिकारीलाई सहकारी आर्थिक सहयोग गरेको थियो ।
सहकारी अध्यक्ष इश्वरप्रसाद आचार्यको अध्यक्षतामा भएको साधारणसभाले अध्यक्ष आचार्यको प्रतिवेदन, कोषाध्यक्ष रुद्रबहादुर खत्रीको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मञ्जुल सुवेदीले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित गरेको छ ।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
hero news full width
मुख्य समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०