पोखरा, १५ मंसिर । मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले संस्थाको अध्यक्षमा विष्णुप्रसाद सुवेदीलाई चयन गरेको छ ।
कार्यसमिति उपाध्यक्ष ज्ञानहरि आचार्य, सचिव युक्तबहादुर सुवेदी, कोषाध्यक्ष प्रकाश पौडेल र सहसचिव लेखनाथ पौडेल चयन भए । सदस्यमा रेवत बज्राचार्य, टीकाराम सुवेदी, मधुसुदन कोइराला, उमा पराजुली, माधवी नेपाल र लक्ष्मी कुँवर छन् ।
यस्ते, लेखा समिति संयोजकमा लेखनाथ सोती, सदस्यमा टंकप्रसाद ढकाल र रामचन्द्र लामिछाने चयन भए ।
गण्डकी प्रदेश सभा सांसद प्रभा कोइरालाले संचालकहरुलाई सहकारीको आचरणभित्र रहन आग्रह गरिन् । प्रदेश सरकारले सहकारीहरुको व्यवस्थापनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि उनले जानकारी दिइन् । ‘संघीय तथा प्रादेशिक सरकारले सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ,’ सांसद कोइरालाले भनिन्, ‘दुर्इ तिहाईको सरकार अझै संक्रमणमा छ । सरकारले बनाउने नीति कानून ग्रासरुटमै छन् । सकारात्मक सोचले अगाडि बढ्न सके धेरै कुराहरु बुझ्न सकिन्छ । सहकारीका लागि सेयर मेरुदण्ड हो ।’
कार्यक्रममा लेखापरीक्षक रुद्रनाथ पौडेल, संस्थापक अध्यक्ष अम्बिका नेपाल, मुक्तिनाथ विकास बैंकका व्यवस्थापक ध्रुवराज रेग्मी र सेयर सदस्य बलबहादुर थापालगायतले बोलेका थिए ।
कार्यक्रममा सहकारीले अमृता पराजुलीलाई उत्कृष्ट कर्मचारी, सीता तिमिल्सिनालाई उत्कृष्ट कारोबारी, देवी श्रेष्ठलाई उत्कृष्ट बचतकर्ताका रुपमा सम्मान गरेको थियो ।
त्यस्तै, सहकारीले ७० वर्षमाथिका सेयर सदस्य क्षेत्रप्रसाद लिगल, कृष्णबहादुर ध्वजु र तोयानाथ पौडेललाई सम्मान गरेको छ ।
सेयर सदस्यका कक्षा १२ उत्तीर्ण छोराछोरीहरु सुस्मित काफ्ले, अशोजोनिक विक्रम शाही र विजयराज बराललाई सम्मान गरियो । संस्थाका अध्यक्ष मीनराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद सुवेदीले स्वागत र सचिव ज्ञानहरि आचार्याले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
लेखनाथ महोत्सव तयारी तीव्र
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
लेखनाथ महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
औद्योगिक व्यापार मेला २१ मंसिरदेखि
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०