पोखरा, १० मंसिर । स्र्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरुको लागि आव २०७५/०७६ को प्रथम त्रैमासिक समीक्षा तथा जोखिम व्यवस्थापन गोष्ठी सम्पन्न गरेको छ।
दुर्इ दिनसम्म चलेको गोष्ठीको उद्घाटन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले संस्थाको चालु आवको प्रथम त्रैमासको लक्ष्य तथा प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा अवसर, वित्तीय संस्थाको यस आवको लक्ष्य तथा यसको प्राप्तीका रणनीति सँगै नेपाल राष्ट्र बैंकले हालै ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनबारे प्रष्ट पारेका थिए।
वित्तीय संस्थाका कर्जा तथा विजनेश विभाग प्रमुख हरिशरण गिरीले सहभागी २० वटा शाखाको प्रथम त्रैमासिक समीक्षाको लागि सहजिकरण गरेका थिए।
कार्यक्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या तथा चुनौती तथा भावी रणनीतिहरुको बारेमा प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगति प्राप्ति गर्ने प्रतिवद्धता जनाएका थिए।
वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक मेघराज गजुरेलले व्यवसायमा देखिने जोखिम न्यूनिकरणका उपायका बारेमा सहजीकरण गरेका थिए।
सो अवसरमा संस्थाले सदस्य विस्तार, कर्जा लगानी, बचत तथा समग्र व्यवसाय वृद्धि, शून्य भाखा नाघेको कर्जा लगायत विधामा उत्कृष्ट हुने शाखा कार्यालयहरु तथा शाखा प्रबन्धकहरुलाई पुरस्कृत समेत गरेको थियो।
वित्तीय संस्था जनशक्ति व्यवस्थापन विभाग प्रमुख पवन बरालले सञ्चालन गरेको कार्यक्रममा वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक मेघराज गजुरेल, प्रमुख कार्यकारी अधिकृत खड्का तथा विभागीय प्रमुखहरु र २० वटा शाखाका शाखा प्रबन्धकहरुको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१