आटिएफ जुनियर टेनिस शुरु

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७५

पोखरा, ३ मंसिर। कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि ट्रेर्कर्स इन यू-१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसीप सर्किट १ र २ शुरु भएको छ।

उद्घाटन खेलमा सौगात खड्काले विजयी शुरुवात गरे। उनले सफल श्रेष्ठलाई ६-०, ६-३ को सोझो सेटमा हराउँदै जित हासिल गरेका हुन्। यस्तै, भारतका अचिन्ता बर्माले चिराग तिमिल्सिनामाथि ६-७, ६-४ र ६-२ को कठिन जित निकाले। इशान गुरुङले स्लोक कैसर खड्कालाई ६-४, ६-१, प्रितम परियारले निहाल जंगबहादुर थापालाई ६-१, ७-६, श्रेयास पौडेलले श्रीयोग अधिकारीलाई ६-३, ३-६ र ६-३ लेे पराजित गरे। राजवीर प्रधानले आयुष भारद्वाजलाई ६-०, ६-३, आयुष्मान अजुर घलेले सञ्जय पहारीलाई ६-०, ६-०, रक्षमविक्रम शाहले आयुष पहारीलाई ६-०, ६-३ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए।

महिलातर्फ श्रीया भट्टराईले अद्या पौडेललाई ६-२, ६-२, इशाश्री शाहले सुनिरा थापालाई ६-२, ६-२ तथा शुभाङ्गी लक्ष्मी शाहले प्रकृति श्रेष्ठलाई  ६-४, ६-३ ले हराइन् । यसअघि, राखेप बोर्ड सदस्य राजेेश गुरुङले प्रतियोगिता उद्घाटन गर्दै आफ्नो कार्यकालमा खेलाडीकै हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरे।आयोजक संघ अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङ, संघ कास्की उपाध्यक्ष नारायण पहारी र महासचिव नवीन चालिसेले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…
  • रेवान कप टेनिस सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट…
  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता…
  • अन्नपूर्ण १० लाई अध्यक्ष कप

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    हेमजा । अन्नपूर्ण गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । पालिकाको छैटौं…

hero news full width