पोखरा, २४ कात्तिक । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पश्चिमाञ्चल होटल संघ पोखराले तिहारको दिन पोखरामा १२ औं भाइटीका महोत्सव गरेको छ।
महोत्सव अवसरमा लेकसाइडको रेन्वो चिल्ड्रेन होमका छात्राहरुले विभिन्न १० देशका ६० जना पर्यटकलाई टीका लगाइदिएर भाइटीका महोत्सव मनाए।
नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सवअन्तर्गत समेटिएको थियो।
गत वर्षको ११ औं भाइटीका महोत्सवमा १३ देशका ३५ पर्यटकले टीकामा सहभागिता जनाएको संघका पूर्व अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए।
स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्ने उद्देश्य समेत महोत्सवको रहेको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
भाइटीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षमा पर्यटकहरु दोहोर्याएर समेत टीका लगाउन पोखरा आउन थालेका छन्।
भाइटीका महोत्सव पर्यटकका लागि नयाँ पर्यटकीय प्रोडक्ट समेत बन्न थालेको महोत्सवका संयोजक पार्वती पाण्डेले जानकारी दिइन्।
महोत्सव लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजना गरिएको थियो।
Related News
सम्बन्धित समाचार
रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९