एलजी, माछापुच्छे्र, तारा र विष्णुपादुका सेमीमा

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७५
kiran

पोखरा, ११ असोज। शीतलज्योति युवा क्लबको आयोजनामा जारी दोश्रो स्व. किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा एलजी एशोसिएसन रेड, माछापुच्छ्रे -एम)-१२, तारा एफसी र विष्णुपादुका ‘ए’ अन्तिम चारमा प्रवेश गरेका छन् ।

सेमिमा एलजीले माछापुच्छ्रे तथा तारा एफसीले विष्णुपादुकाको सामना गर्नेछन् । शुक्रबार नै सेमिफाइनल र फाइनल हुँदैछ ।

विहीवारको खेलमा एलजीले आदर्श युवा क्लबलाई २-० गोलले पराजित गरेको हो । जितका लागि रमेश मगर र सूर्यमान मगरले १-१ गोल गरे।

दोश्रो क्वाटरफाइनलमा माछापुच्छ्रेले संगम एफसीलाई ३-० गोलले पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको हो। जितमा सुनिल घोतानेले २ र अविनाश तामाङले १ गोल गरे।

तारा एफसीले रञ्जन मेमोरियललाई २-० गोलअन्तरले पराजित गर्‍यो। ताराका लागि सुनिल बिक र विनोद गुरुङले गोल गरेका हुन् ।

अर्को क्वाटरफाइनलमा विष्णुपादुकाले दोब्रे एफसीलाई ४-० गोलले पराजित गरेको छ। टिमलाई सेमीफाइनलमा पुर्‍याउन समीर कार्कीले हृयाटि्रक पूरा गर्दा अजय श्रेष्ठले एक गोल गरे।

विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक तथा विधागत पुरस्कारमा जनही ५ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी-१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके हो । क्लबका पूर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिवारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरी हरेक वर्ष प्रतियोगिता आयोजना हुँदैआएको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width