Worldlink ads

स्कूल अफ बार टेर्ण्र्डस संचालन

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७५
Bar Tendaras School

पोखरा, ११ असोज । होटल र रेष्टुरेन्टका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखरा जिरो किमीमा स्कूल अफ बार टेर्ण्र्डस संचालनमा आएको छ ।

तीन जना युवाको संयुक्त लगानीसहित संचालनमा आएको सो संस्थाले विहीवार पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हेा ।

संचालक रविन केसीले रेष्टुरेण्ट, होटल वा अन्य कुनै क्षेत्रमा व्यावसायिक प्रवद्धनसँगसँगै रोजगारीको उचित गन्तव्य बन्न पुगेको पोखरामा तालिम संचालन गर्न पाउँदा आफूहरु अत्यन्त उत्साहित बनेको बताए ।

‘असीमित सम्भावना हुँदाहुँदै हामी उचित तालिम नभएर पछाडि परिरहेका छौं,’ केसीले भने, ‘अब त्यसलाई पनि स्कूल अफ बार टेण्डरले पूरा गर्ने भएको छ ।’

पोखराका युवा लक्षित गरेर संचालनमा आएको बार टेर्ण्र्डसमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विशेष बार टेण्डको तालिम संचालन गरेको शैलेष शाहीले बताए ।

स्कूलले बार टेण्डिङ, वारिष्टा, फायर एण्ड जगिङ र वेटरको तालिम दिने अर्का संचालक राजेन्द्र गुरुङले बताए । दुर्इमहिने बार टेण्डिङको लागि २५ हजार शुल्क लाग्ने बताइएको छ ।

त्यस्तै, एकमहिने बारिष्टा र फायर एण्ड जगिङका लगि १५ हजार र एकमहिने वेटरको लागि १२ हजार शुल्क लाग्ने जनाइएको छ ।

पहिलो चरणको तालिममा १० जना सहभागी छन् ।

‘विशेषगरी पोखरामा बार टेण्डरको राम्रो अवसर रहेको छ,’ संचालक गुरुङले भने, ‘युवाहरुको विशेष आकर्षण रहने यस पेशामा महिलासमेतलाई प्रोत्साहन गर्ने हाम्रो योजना हो ।’

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग