पोखरा, ९ असोज। पाण्डव कृषि सहकारी संस्था लि, घारीपाटनको दोस्रो वाषिर्क साधारणसभा सम्पन्न भएको छ।
प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक डिल्लीराम तिवारीले कार्यक्रम उद्घाटन गर्दै सहकारीले उत्पादन क्षेत्रमा बढी लगानी गर्नुपर्ने बताए।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक शाखा प्रमुख केदारनाथ उपे्रती, गण्डकी विकास बैंक बिरौटा शाखा प्रमुख शिवबहादुर कार्की, लेखापरीक्षक कमलबहादुर रेग्मी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल, सहकारीका वरिष्ठ सल्लाहकार विष्णुप्रसाद पौडेल, ऋण संयोजक सूर्यबहादुर थापा र संस्थाका प्रबन्ध सञ्चालक नवराज काफ्ले लगायत बोलेका थिए।
सो अवसरमा संस्थाले असल बचतकर्ता बाबुराम उपाध्याय, महेन्द्र सापकोटा, लक्ष्मी सुवेदी, भीमबहादुर गुरुङ र असल ऋणी मनकुमारी नेपाली, ढकनाथ ढुंगाना र नौमाया पुनलाई सम्मान गरेको छ।
सहकारी अध्यक्ष तुलसी रानाको वाषिर्क प्रतिवेदन, कोषाध्यक्ष उषा गोशलीको आर्थिक प्रतिवेदन र सचिव रेणु थापाको सचिवको प्रतिवेदन आवश्यक छलफलपछि सर्वसम्मत पारित भयो ।
सहकारी अध्यक्ष तुलसी रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सृजना जिसी तथा सञ्चालन सचिव रेणु थापा र सहसचिव शोभाकान्त पौडेलले गरेका थिए।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१