पोखरा ७ असोज।रतन पाण्डे बचत तथा ऋण सहकारी संस्था लि पोखरा १३ को चौधौ वाषिर्क साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले सहकारीले स्थानीय स्तरको उत्पादनमा आधारित व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने र प्रदेश सभामा छलफलको क्रममा रहेको सहकारी ऐन सहकारीको हकहितलाई मध्यनजर राखी पारित हुने कुरा बताए।
त्यस्तै वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले यस सहकारीले आर्वालाई आर्थिक क्षेत्रमा ठूलो योगदान पुर्याएको र वडा नं१३ लाई नमूना वडा बनाउने प्रतिवद्धता व्यक्त गरे।
मिर्मिरे विद्युत विकास सहकारीका अध्यक्ष लेखनाथ तिवारीले सहकारी ऐन सहकारी मैत्री हुनुपर्नेमा जोड दिए।
सहकारीका शेयर सदस्यका छोराछोरी मध्येबाट र्एसइर्इ , प्लस टुमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान गरेको छ। सम्मानित हुनेमा विश्वास बराल, मनिष बराल, सञ्जय बराल, विवेक परियार र संगम सुनार उज्वल बराल र सुमित्रा पौडेल छन्।
त्यस्तै वयवृद्धा रत्नकुमारी बराल, असल बचतकर्ता अग्नेश्वर खनाल र दीर्घकालीन सेवा गरेवापत गोविन्दप्रसाद बराललाई सम्मान गरिएको थियो।संस्थाका कोषाध्यक्ष रामचन्द्र बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन प्रस्तुत र पारित गरेको छ।
सहकारीले स्थानीय जनतालाई रेमिटान्स सुविधा,टेलिफोन, विद्युत महसुल भुक्तानी सेवा जस्ता सुविधा प्रदान गर्दै आएको छ।
कृषि र व्यापार क्षेत्रमा लगानी रहेको उक्त सहकारीमा ३०८ जना शेयर सदस्य,चुक्ता पूँजी दुर्इ करोड ९३ लाख ८९ हजार, बचत संकलन पाँच करोड ८५ लाख ४३ हजार एक सय ६ रुपैया ५२ पैसा त्यस्तै लगानी आठ करोड ३४ लाख ६६ हजार छ सय पैतालीस रुपैया छ।
संस्थाका अध्यक्ष वसन्त शर्मा अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका स्वागत उपाध्यक्ष नारायणप्रसाद बराल पूर्व सञ्चालक समितिकी सदस्य मालती सुवेदीले सहकारी सम्वन्धी गीत प्रस्तुत र सञ्चालन सचिव गोपाल बरालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९