भावनाको खेतीमा हर्षासु बगाउँदै श्रापित

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७५
DSC_0022

पोखरा, १६ भदौ। सधैं साहित्यिक मेहफिल जम्ने न्यूरोडको हिमालयन रिर्र्डस कर्नरमा शनिवार बिहान पनि त्यस्तै एक सन्दर्भ जोडिन आयो।

जुन सन्दर्भ थियो काठमाडौंमा मुद्रण भई गीतियात्रामा मदन पुरस्कार सरह मानिने गीतकार संघ नेपालद्वारा वर्षगीत पुस्तक पुरस्कार प्राप्त गरेको गीतिसंग्रह भावनाको खेती पोखरामा आइपुगेको।

पोखरेली माटोमा हुर्केका साथक र शिल्पीको उक्त पुस्तकलाई पोखरामा परिचर्चा गर्ने माध्यम भने सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान नेपाल बनेको थियो।

कार्यक्रमका प्रमुख अतिथि डा कृष्णहरि बरालले सुमनका गीतमा स्थायी र अन्तराले भन्न खोजेको भाव बुझ्नका लागि एकछिन घोत्लिएर सोच्न बाध्य पार्ने शक्ति रहेको बताए।

अतिथि बरालले पुस्तक प्रकाशनको सन्दर्भलाई लिएर भने-‘सुमनजीले भूमिका लेखिदिनुपयो भनेर दुर्इ पटक फोन गर्नुभयो मैले बिर्सदै गएछु, अर्को पटक सम्झाएपछि लेखुला भनेको त तेस्रो पटकको फोनमा पुस्तक प्रकाशनको जानकारी प्राप्त पाएको जानकारी पाएँ, त्यो थकथकी आज परिचर्चा कार्यक्रममा उपस्थित भएर अन्त्य भएको छ।’

लोकगायिका हरिदेवी कोइरालाले बागलुङको माटोमा जन्मेर पोखराको माटोमा फुलेको सुनाखरीका रुपमा सुमनलाई चित्रण गरिन्।

उनले थपिन्-हिजो नेपाली गीति यात्राका सारथिलाई अक्षरका सुनाखरीमा सजाउने सुमन आज आफैँ नेपाली गीति आकाशको सुनाखरी बनेर आफ्नो पहिचान दिइरहेका छन्।

संगीतकार बीबी अनुरागीले श्रापित र  आफु बाल्यकालदेखिको साथी भएको उल्लेख गर्दै आफ्ना बिर्सेका सन्दर्भ सम्झाएर डोर्याउने एक पथपदर्शकका रूपमा सुमनलाई चिनाए।

नेपाली गीत संगीतका सन्दर्भमा बोल्दै अनुरागीले सुमनका गीतमा सबैभन्दा बढी संगीत गर्ने अवसर पाएको बताउँदै अन्य स्रष्टा साधकलाई आफ्ना सिर्जना आफुलाई पठाउनका लागि आग्रह गरे।

सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष नवराज बरालले विगतमा पनि श्रापितका गीति एल्बमको चर्चा परिचर्चा गरेको सन्दर्भ जोड्दै सुमन नेपाली गीतसंगीत क्षेत्रको एउटा जाज्वल्यमान नक्षत्रका रुपमा रहेको टिप्पणी गरे।

पुस्तकमाथि परिचर्चा गर्दै असफल गौतमले श्रापितको भावनाको खेतीलाई गीति तत्वका आधारमा परिचर्चा गर्दै श्रापितलाई राष्ट्रवादी, मानवतावादी, जीवनवादी दृष्टिकोण,  जननी र जन्मभूम्रि्रतिको चिन्तन, प्रेम पक्ष, जातीय छुवाछुत, अन्याय अत्याचार, प्रकृति चित्रण र सीमान्तकृत समुदायका आवाजलाई शिष्ट, आलङ्कारिक र कुतुहलतापूर्वक समेट्न सक्ने सामर्थ्य भएका साधकका रूपमा चिनाए।

श्रष्टाको परिचय राख्दै रुपिन्द्र प्रभावी कटुले सुमन पोखरेली गीतकारको ऐतिहासिक दस्तावेज राख्ने सर्जकका रुपमा चित्रण गर्दै हृदयका गीतकारका रुपमा चिनाए।

श्रष्टा श्रापितले औपचारिक रूपमा १९ वर्षदेखि गीत लेख्दै आएको बताउँदै गीति यात्राका सारथ्रि्रति आभार प्रकट गरे।

हिजोका दुःख, आफ्ना दुःखका खबरको तीव्र प्रचारमा लाग्नेको मानसिकता देखेर मात्रै होइन, आफ्नी आमालाई पहिलो पटक आफ्नो कार्यक्रममा उभ्याउन पाएकोमा हर्षानुभूति गर्दागर्दै श्रापितका आँखाका डिल हर्षले भावविभोर भएर रसाएपछि सभाहलमा खचाखच रहेका गीतसंगीतका यशश्वी साधकलाईसमेत स्तब्ध तुल्याए।

अध्यक्षको आसनबाट बोल्दै पदमराज ढकालले श्रापित गीतका नाममा जर्बजस्ती नगरी भावनालाई न्याय गर्ने स्रष्टा रहेको धारणा व्यक्त गरे।

आयोजक संस्थाका उपाध्यक्ष अभिमन्यू विक्रम राणाको स्वागत रहेको कार्यक्रममा सचिव मनकुमार श्रेष्ठको सञ्चालन रहेको थियो। श्रापितको एक सय ६० पृष्ठमा संरचित भावनाको खेती पुस्तकमा एक सय २८ थान गीत सङ्गृहीत रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width