पोखरा, ३० साउन । कास्की जिल्ला भलिबल संघले भदौ १ देखि ३ सम्म बाराहीघाटस्थित भलिबल कोर्टमा आयोजना गर्न लागेको अन्तर खुला पुरुष बीच भलिबल तयारी पूरा भएको छ ।
बालुवामा २/२ जनाले खेल्ने बीच भलिबल कोर्टमा बालुवा राख्ने, मैदान सजावट, ब्यानर प्रायोजन, रेफ्री व्यवस्थापनलगायत कार्य पूरा गरिएको प्रतियोगिता संयोजक तारानाथ पहारीले जनाए।
‘विकसित मुलकहरुको प्राय समुन्द्री किनारको बालुवामा खेलिने बीच भलिबललाई हामीले फेवातालको किनारमा आयोजना गरेका छौं,’ संयोजक पहारीले भने ।संघका अध्यक्ष भीम पराजुलीले पोखरालाई खेलकुद शहरको रुपमा विकास गराउन बीच भलिबल प्रतियोगिताले सहयोग पुर्याउने औंल्याए । ‘बीच भलिबल खेलमार्फत आन्तरिक तथा बाहृय पर्यटन प्रबर्द्धन हुन्छ,’ उनले भनेे, ‘सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा सफल बनाउन पनि खेलकुदको फरक विधा बीच भलिबलको अवधारणा ल्याएका हौं ।’ उनले प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने बताए । ‘भलिबलको पनि फरक विधा बीच भलिबल नेपालमै सुस्ताएको बेला पोखराबाट बिउँताउने प्रयास गरेका छौं,’ अध्यक्ष पराजुलीले भने, ‘आगामी दिनमा यसलाई अझ व्यवस्थित र निरन्तरता दिनेछौं ।’
संघ सचिव कुमार गुरुङले करिब २२ टिम हुने अनुमान गरिएको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । सवोर्त्कृष्ट खेलाडी र अनुशासित टिमका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको लागि नेपाल भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल भलिबल संघ र नेपाल पर्यटन बोर्ड पोखराको सहयोग रहने संघले जनाएको छ। यसअघि, सोही कोर्टमा २ पटक र बाटुलेचौरमा राष्ट्रियस्तरको खुला बीच भलिबल प्रतियोगिता भैसकेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९