Worldlink ads

मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा

आदर्श समाज सम्वाददाता
असार ३१, २०७५
muktinath

पोखरा, ३० असार । बैंकबाट कर्जा लिएका एक ग्राहकको असामयिक निधन भएपछि मुक्तिनाथ विकास बैंकले कर्जा मिनाहा गर्नुका साथै काजक्रिया खर्चवापत मृतक परिवारलाई रकम प्रदान गरेको छ ।

बैंकको लघुबित्त डेस्क कार्यालय, पृथ्वीचोकबाट लघुकर्जाअन्तर्गत कर्जा लिएकी पर्वत माझफाँट १ घर भई हाल पोखराको मासबार बस्ने सावित्रीकुमारी थापामगरको असामयिक निधन भएपछि बैंकले सो सहयोग गरेको हेा ।

क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकालले एक कार्यक्रमबीच मृतकका छोरालाई काजक्रिया खर्चबापत तत्काल ५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । साथै उनले बैंकलाई तिर्न बाँकी साँवा तथा ब्याज ९९ हजार १ सय ३३ रुपैयाँ कर्जा रकम मिनाहा गरिएको जानकारी गराए ।

कार्यकममा मुक्तिनाथ विकास बैंक लघुबित्त शाखा पृथ्वीचोकका शाखा प्रमुख मनोज भारती, क्षेत्रीय कार्यालयका वरिष्ठ अधिकृत प्रमोद ढकाल, बैंकका कर्मचारी, आफन्तजन तथा समूहका सदस्यको उपस्थिति थियो।

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग