Worldlink ads

पृथ्वी सहकारी अवलोकन भ्रमण

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७५
prithvi sahakari

पोखरा,  १४ जेठ। पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेयर सदस्य तथा कर्मचारीलाई सहकारी अध्ययन अवलोकन भ्रमण गराएको छ।

जेठ ११ देखि १३ गतेसम्म भएको भ्रमणक्रममा बुद्धको जन्मस्थल लुम्बिनीका विभिन्न गुम्बा, सरोवर, मन्दिर लगायत ऐतिहासिक एवं पुरातात्विक स्थल भ्रमण गरिएको थियो।त्यस्तै, नवलपरासीस्थित शास्वतधाम हुँदै सौराहाका विभिन्न ठाउँको अवलोकन गरि चितवन, शारदानगरस्थित नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा अन्तर्क्रिया गरिएको थियो। कार्यक्रममा बखान सहकारीका प्रबन्धक अर्जुन ढकालले नेपालमा सहकारीको उदयदेखी हालसम्मका गतिविधिबारे प्रष्ट पारेका थिए ।

पृथ्वी बहुउद्देश्यीय सहकारीका सचिव एवं कार्यक्रम संयोजक किरणप्रसाद बञ्जाराले नीति नियम र प्रविधिलाई आत्मसाथ गर्दै सहकारी सेवामुखी भएको उल्लेख गरे।

पृथ्वी सहकारीका प्रबन्धक मोहनप्रसाद अधिकारीले सहकारी मार्फत सदस्यको आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र ठूला वित्तीय कारोबारमा सहकारी पनि सबल बन्न सक्ने बताए।

Related News

सम्बन्धित समाचार

    hero news full width