चितवन, ३० वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार आव्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा भरतपुरमा रहेको भाटभटेनी सुपर स्टोरमा बम प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बम प्रहारबाट सुपर स्टोरको बाहिरी सिसामा केही क्षति भएको छ।
डिएसपी प्रभुप्रसाद ढकालका अनुसार आइतबार बिहान ३:४५ बजेतिर बम बिस्फोट भएको हो। सुपर स्टोरको कम्पाउण्ड बाहिरबाट सकेट बम प्रहार गरिएको अनुमान प्रहरीले गरेको छ।
बिस्फोटबाट नजिकै रहेको होटल रोयल सेञ्चुरीका समेत केही झ्यालका सिसा फुटेका छन्। बिस्फोट नेपाल कम्युनिष्ट पार्टीा कार्यकर्ताले गराएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। आइतबार जिल्लामा बन्दको प्रभाव आंशिक देखिएको छ। लामो दुरीका यात्रुबाहक बसहरु सञ्चालन हुन सकेनन् भने छोटो दुरीको बसहरु र टेम्पोहरु भने चले । मुख्य बजार तथा शैक्षिक संस्थाहरु बन्द रहे भने कक्षा ११ को परीक्षा भने सञ्चालन भयो ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१