पोखरा, ११ वैशाख । सन् २००८ देखि नेपालमा सञ्चालित स्मार्ट टेलिकमको सेवा पोखरामा विस्तार भएको छ।
मंगलबार एक कार्यक्रमबीच पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली र नायिका स्यारोन श्रेष्ठले संयुक्त रुपमा टेलिकमको शाखा उद्घाटन गरे।
नयाँ प्रविधि सहित सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। ४ जना युवाको संयुक्त लगानीमा शाखा सञ्चालन गरिएको हो। काठमाडौं, ललितपुर, भक्तपुरपछि पोखरामा शाखा स्थापना सहित सेवा विस्तार गरेको हो। पोखराका पर्यटन व्यवसायी महेन्द्र गुरुङ, काठमाडौंका प्रतीक श्रेष्ठ, छिरिङ खम्सु ठकुरी र किरण बरालले ३० लाख रुपैयाँको लगानीमा शाखा सञ्चालनमा ल्याएको बताए। तीन महिना पहिले सेवा शुरु गरेको कम्पनीका २८ हजार उपभोक्ता पोखरामा रहेका क्षेत्रीय प्रमुख गणेश लामिछानेले जानकारी दिए। उनका अनुसार पोखरामा ३३ वटा टावर छ। कम्पनीले पोखरा सहित ४३ जिल्लामा २९ लाख ५० हजार उपभोक्ता रहेको जनाएको छ। टेलिकमको सेवा अरुभन्दा तीन गुणा सस्तो रहेको कम्पनीको दावी छ। स्मार्टबाट कलर गर्दा जुनसुकै कम्पनीको सिममा फोन गरे पनि ६० पैसामात्रै खर्च हुने सञ्चालक महेन्द्र गुरुङले जानकारी दिए। नयाँ प्रविधि, विभिन्न सुविधा सहित युवा पुस्तालाई ध्यानमा राखेर स्मार्ट टेलिकमले सेवा सञ्चालन गरेको अर्का सञ्चालक छिरिङ खम्सु ठकुरीले बताए।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१