Worldlink ads

जुत्ता व्यवसायी संघ कास्कीमा पवित्र

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७४
Pabitra Bahadur Nepali

पोखरा, २४ चैत । जुत्ता व्यवसायी संघ कास्कीको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा प्रथम अधिवेशनले पवित्रबहादुर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति उपाध्यक्ष वेदप्रसाद ढकाल, महासचिव मोहनराज पौडेल, सचिव हरिश्चन्द्र तिवारी, कोषाध्यक्ष कोपिला पौडेल, सदस्य गणेश नेपाली, चन्द्रप्रकाश बञ्जरा, लिलाम्बर सुवेदी र रामकृष्ण डुनुराई छन् ।

यसअघि साधारणसभा उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले व्यवसायलाई दीगो बनाउन उपभोक्ताको मन जित्नुपर्नेमा जोड दिए ।

फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष केशवबहादुर खत्रीले पोखरा प्रदेश ४ को राजधानी भएकाले व्यवसायमैत्री कानून बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । साँघुमुख व्यवसायी संघका अध्यक्ष रामेश्वर अधिकारीले व्यवसायिक हितका लागि सबै मिलेर अघि बढ्नुपर्ने औल्याए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य प्रेम भुजेल, डिबि भुजेल, विशाल बजार व्यापार एशोसिएसनका सचिव बुद्विबहादुर कुँवर, मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष तारानाथ ढुङ्गाना, कस्मेटिक व्यवसायी संघका अध्यक्ष जगदिश अधिकारी, कपडा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मण न्यौपाने, सर्वेश्वर व्यवसाय समितिका अध्यक्ष सन्तोष पौडेल, संघका सल्लाहकार दुर्गा सुवेदी, मिलन नेपाली, सदस्यहरुको तर्फबाट तामलाल घिमिरेले बोलेका थिए ।

साधारणसभाले महासचिव मोहनराज पौडेलले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष कोपिला पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष पवित्रबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार एकनारायण पनेरुले स्वागत, महासचिव मोहनराज पौडेल र कोषाध्यक्ष कोपिला पौडेलले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • न्यादी हाइड्रोपावरको आइपिओ आउँदै

      रासस असाेज ८, २०७८
      काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले…
    • सुनको मूल्य घट्यो

      रासस असाेज ७, २०७८
      काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार…
    • सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्र्टबीच सम्झौता

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स…
    • नेप्से बढ्यो, कारोबार रकम बढेन

      रासस असाेज ६, २०७८
      काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो…
    • साहस ऊर्जाको आइपिओ बुधबारदेखि

      आदर्श समाज सम्वाददाता असाेज ५, २०७८
      काठमाडौं, ५ असोज । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads