ओमको एकैपटक ३ शाखा उद्घाटन

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७४

पोखरा, ६ चैत । ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंमा एकैदिन ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकको गोंगबु, बानेश्वर र ललितपुरको सातदोबाटो शाखा फरक-फरक कार्यक्रमबीच मंगलबार उद्घाटन गरे ।

उक्त अवसरमा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई हृीवलचेयर वितरण गरेको छ।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, बैंक अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बोलेका थिए ।

बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको जनाएको छ ।

यस्तै बैंकको शाखा ५२ वटा, कर्मचारी ३ सय ९९ जना, ग्राहक करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको जनाइएको छ ।

ग्राहकलाई निःशुल्क सि-आश्वा सेवा प्रदान गरिरहेको छ भने बिनाधितो १५ लाख रुपैयाँसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए। उनले बैंकले ७५ हजारदेखि ७५ करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width