Worldlink ads

सांग्रिला बैंक र एपोलो हस्पिटलबीच सम्झौता

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७४
sangrila

पोखरा, १५ फागुन । काठमाडौको बालुवाटारमा प्रधानकार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पीटल इन्डीयाबीच सेवा आदानप्रदान विषयमा सम्झौता भएको छ।

काठमाडौमा मंगलबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र एपोलो हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरे ।

सम्झौतापछि एपोलो हस्पिटलमा बैंकका ग्राहक, सेयरधनी कर्मचारी र तिनका परिवारले सेवा लिँदा उक्त सेवामा १० प्रतिशतसम्म छुट प्रदान गरिने द्विपक्षीय सहमति भएको हो।  सम्झौता अनुरुप विकास बैंकका ३ लाख भन्दा बढी ग्राहक, १५ हजारभन्दा बढी सेयरधनी, ४ सय भन्दा बढी कर्मचारी र तिनका परिवारले सर्वसुलभ तरिकाबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्नेछन्। उक्त सेवा लिनको लागि ग्राहकले बैंकले प्रदान गर्ने भिसा डेबिट कार्ड लिएको हुनुपर्नेछ।

हस्पिटलका प्रबन्ध निर्देशक अशोक बाजपाईका अनुसार हस्पिटलको काठमाडौंस्थित सूचना केन्द्रबाट सेवाग्राहीले हस्पिटलसँग सिधैँ समन्वय गर्न सक्ने र उपचारको लागि जानु पर्दाको अवस्थामा ग्राहकले अग्रिम सयम लिएको खण्डमा ग्राहकलाई विमानस्थलबाट हस्पिटल वा होटलसम्मको यातायातको सुविधा हस्पिटलले नै प्रदान र होटलको पनि सुविधा प्रदान गर्ने सहमति भएको छ।

नेपालका धेरै उच्च पदस्थ व्यक्तिले एपोलो हस्पिटलबाट सेवा लिइसकेको प्रबन्ध निर्देशक बाजपाईले बताए।

कार्यक्रममा बैंकका अध्यक्ष प्राडा रविन्द्रप्रसाद श्रेष्ठले यो सम्झौता विकास बैंकको सक्रियतामा भएको र यसले विकास बैंकका ग्राहकलाई मात्र नभई सम्पूर्ण नेपालीलाई भारतमा स्वास्थ्य सेवा लिनको लागि सहज हुने बताए।

Related News

सम्बन्धित समाचार

    • फणीन्द्रमान औद्योगिकीकरणका पर्याय

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले पूर्व अध्यक्ष फणीन्द्रमान श्रेष्ठको १३ औं दिनको पुण्यस्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ । संघका…
    • सिजीको दसैं र तिहार योजना

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । सिजीले दसैं र तिहार लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…
    • जय कालिका प्लास्टिक उद्योग पाँचौं वर्षमा

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा–३२ स्थित जय कालिका प्लाष्टिक उद्योग प्रालि स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको छ । यो कम्पनी पानी ट्यांकी…
    • बुद्ध विशाल बजारमा बधाई

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले नवगठित कार्यसमिति संयोजक तथा सदस्यलाई बधाईसहित परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads