पोखरा, १५ फागुन । ओम डेभलपमेन्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको भैरहवामा शाखा विस्तार गरेको छ ।
प्रमुख अतिथि नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक अशोककुमार पौडेलले भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृद्धि घोषणा गर्दै शाखाको समुद्घाटन गरेका थिए।
बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ जनाएको छ ।
यस्तै, शाखा संख्या ५२, कर्मचारी ३ सय ९९, ग्राहक करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको र ग्राहकलाई निःशुल्क सि-आश्वा सेवा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए । उनका अनुसार बैंकले बिनाधितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आएको छ ।
बैंकले सेयरधनीलाई १७.६९ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेको छ भने फागुन २५ मा पोखरामा हुने वाषिर्क साधारणसभाले प्रस्ताव पारित गरेपछि वितरण हुने जनाइएको छ।
हालसालै बैंकले जर्मनीको केएफडब्लु बैंकसँग साना तथा मझौला कर्जाअन्तर्गत २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानी गर्नको लागि सम्भौता गरी कर्जा लगानी शुरु गरिरहेको जानकारी बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले जनाए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१