Worldlink ads

कैलासको सिल्भर जुब्ली निक्षेप योजना

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७४
Print

पोखरा, १३ फागुन । स्थापनाको रजत वर्ष प्रवेश गरेको अवसरमा कैलाश विकास बैंकले कैलाश सिल्भर जुब्ली बचत योजना सार्वजनिक गरेको छ।

आइतबारदेखि लागू हुने गरी सिल्भर जुब्ली बचत खातामा ८ दशमलव ५ वाषिर्क ब्याज र तीनमहिने मुद्दती खातामा १२ प्रतिशत वाषिर्क ब्याजको निक्षेप योजना ल्याएको हो।

आफ्ना ग्राहकलाई सर्वाधिक ब्याज उपलब्ध गराउने उद्देश्यले यो योजना प्रस्तुत गरिएको  बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए।

राष्ट्रियस्तरका विकास बैंकमा सबैभन्दा जेठो यस विकास बैंकको चुक्तापुँजी २ अर्व ५२ करोड रहेको छ। पुस मसान्तमा १९ अर्ब ११ करोड निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको बैकले विकास बैंकमाझ सर्वाधिक २६ करोड ६० लाख खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ।

बैंकले अत्यधुनिक प्रविधि उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग इन्टरनेट बैंकिङ्ग सेवा, सेयर लगानीकर्ताको लागि सी-आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायत सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

काठमाडौं पुतलीसडकमा प्रधानकार्यालय रहेको यस बैंकले ४३ वटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दैआएकोमा फागुन मसान्तसम्म विराटनगरमा तथा चालु आवमै वीरगञ्ज र दमकमा थप दुर्इ शाखा सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

ग्राहकलाई निक्षेपमा सर्वाधिक व्याज प्रदान गर्ने साथै वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा आफ्ना शाखा सञ्जाल विस्तार गरी आधुनिक बैंकिङ सुविधा प्रदान गर्ने र सधैँ अग्रणी विकास बैंक रहिरहने रणनीति रहेको बैंकका अध्यक्ष नारायण पौडेलले बताए ।

बैकले नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट सन् २००९ मा पहिलो पटक र त्यसपछि २०१४ देखि २०१७ सम्म लगातार ३ वर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको थियो।

नेपाल राष्ट्र बैंकको रजतजयन्तीको अवसरमा उत्कृष्ट वित्तीय संस्थाको सम्मान लगायत अन्य सम्मान समेत प्राप्त गरेको छ। बैकलाई हालै नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले होस्ट गरेको दक्षिण एसियाको छाता संगठन दक्षिण एसियाली लेखा संगठन (साफा) इभेन्ट अवार्डमा वित्तीय क्षेत्र तर्फको दक्षिण एसियाली क्षेत्रको सर्वाधिक उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेकोमा सम्मानित भएको थियो ।

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग