पोखरा, ६ माघ । फेन्सी तथा रेडिमेड व्यवसायी संघ, पोखराको दशौं वाषिर्क साधारणसभामा विवाद उत्पन्न भएको छ । विवाद साम्य पार्न प्रहरीले नै सुरक्षा प्रदान गर्नुपर्यो ।
संघ अध्यक्षले रकम एकलौटी प्रयोग गरेको आरोपमा केही सदस्यले सभा बहिस्कारमात्र गरेनन्, माफी नमाग्ने अध्यक्षको राजीनामा समेत माग गर्दै विरोध जनाए ।
साधारणसभा उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले व्यवसाय प्रवर्द्धनका लागि व्यावसायिक तालिमको आवश्यकता औंल्याए । व्यावसायिक एकतामा जोड दिँदै उनले यसको सहजिकरणका लागि उद्योग वाणिज्य संघ सदैव तयार रहेको समेत बताए । घरबेटीसँगको सम्बन्ध सुमधुर बनाउँदै व्यवसायलाई दिगो बनाउनु पर्नेमा उनले जोड दिए ।
संघका संस्थापक सल्लाहकार कोमलनाथ कुँवरले विभिन्न कारणले व्यवसायी विस्थापित हुनुपरेकोप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधानमा फेन्सी तथा रेडिमेड व्यवसायी संघ थप चनाखो हुनुपर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य समेत रहेका संघका निवर्तमान अध्यक्ष गिरधारी अधिकारीले संस्थागत हितका खातिर समर्पित हुन सम्पूर्ण व्यवसायीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष केशवबहादुर खत्रीले व्यावसायिक हित तथा संघको गरिमा वृद्धिका लागि आफू कुनै प्रकारको योगदान गर्न तत्पर रहेको प्रतिवद्धता जाहेर गरेका छन् ।
आफ्नो सक्रियतामा संघको कार्यालय व्यवस्थापन चुस्त बनाएको दावी गरेका उनले व्यक्तिगत ‘इगो’ले संस्थालाई हानी पुर्याउने गतिविधि कसैले गरे कुनै पनि हालतमा क्षम्य नहुने चेतावनी दिए।
कार्यक्रममा विभिन्न वस्तुगत संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संघमा आवद्ध व्यवसायीको सहभागिता थियो । कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रदीपकुमार मुल्मी र सञ्चालन महासचिव राजु पौडेलले गरेका थिए । साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१