लेखनाथ, १९ पुस। होटल तथा रेष्टुरेण्ट एशोसिएसन अफ लेखनाथको नवौं वाषिर्क साधारण सभा तथा चौथो अधिवेशनले कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समिति उपाध्यक्षमा राजुमाया थकाली, महासचिवमा वीरभद्र कँडेल, सचिवमा राजन सापकोटा र कोषाध्यक्षमा बिलकुमारी थापा मगर चयन भए।
सदस्यमा शमशेर श्रेष्ठ, रामप्रसाद लामिछाने, रञ्जु गुरुङ, रोशन खनाल, राजेन्द्र सुवेदी, विनोद लामिछाने, नीरञ्जन बराल र पद्मराज लामिछाने रहेका छन्।
साधारणसभा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले यस क्षेत्रको पर्यटन विकासका लागि अबको विकास बेगनास र रुपातालबाट शुरु हुने बताए।
उनले पर्यटकको बसाइँ लम्व्याउन आफ्नो ब्यवसायमा समयानुकूल परिवर्तन गर्दै नयाँ सोचले गुणस्तरीय सेवा पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिए।प्रदेशसभा सदस्य दीपक कोइरालाले पर्यटको चाहना अनुकूल सेवा परिस्कृत गर्दै नयाँ पनको थालनी गरी लेखनाथ क्षेत्रमा पर्यटन भित्राउने योजनाका साथ अघि बढ्नु पर्ने बताए।
एशोसिएसनका अध्यक्ष दामोदरभक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा बेगनासताल बजार व्यवस्थापन समितिका अध्यक्ष दयाराम तिवारी, वेगनासताल बस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद ढुंगाना, बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट, मिलनसार तुम समाजकी अध्यक्ष बविता गुरुङ र बेगनासताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारी लगायत आ-आफ्नो धारणा राखेका थिए। एशोसिएसन महासचिव वीरभद्र कँडेलले सञ्चालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष दुर्गा अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१