प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
AIDS

पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ ।

संघले साहित्यकार प्रकट पगेनी ‘शिव’को निधनप्रति श्रद्धाञ्जली सभासहित विविध कार्यक्रम आयोजना गरेको हो ।

संघले संघद्वारा जनचेतना अभिवृद्धिका लागि निर्माण गरिएको ‘प्रतिबद्धता’ फिल्मका नायक प्रकट पंगेनी ‘शिव’को स्मरण गर्दै श्रद्धाञ्जली सभा गरेको संघका अध्यक्ष विश्वमोहन गौचनले बताए ।

यसैगरी, संघले माछापुच्छ्रे–२, भुर्जुङखोलास्थित माछापुच्छ्रे मावि, भुर्जुङखोलामा पंगेनी अभिनीत चलचित्र ‘प्रतिबद्धता’ समेत प्रदर्शन गरेको छ ।

समारोहमा माछापुच्छ्रे मावि विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष गमबहादुर गुरुङ र प्रधानाध्यापक सन्तोष आचार्यले समुदायमा जनचेतना जगाउन र सचेतनाका महत्वपूर्ण भूमिका खेलेको बताए ।

माछापुच्छ्रे–२ का वडाध्यक्ष गणेश आचार्यलगायतले चलचित्र अवलोकन गर्नुका साथै समाजमा विद्यमान कुसंस्कार अझै राम्ररी निराकरण हुन नसकेको बताए ।

संघ अध्यक्ष गौचनले संघका गतिविधिलाई प्रभावकारी बनाउन साहित्यकार तथा कलाकार प्रकट पगेनी ‘शिव’को योगदानको स्मराण् गर्दै उनको निधनले संघलाई अतुलनीय क्षति पुगेको बताए । सोही समारोहबीच संघले विद्यालयलाई २ कार्टुन सेप्टी प्याडसमेत वितरण गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width