केफमा विद्यार्थीको बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
kef_2

पोखरा । करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) पोखरा १, सिम्पानीमा कक्षा १२ का विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरिएको छ । कक्षा ११ विद्यार्थीको आयोजना तथा विद्यालय प्रशासनको व्यवस्थापनमा विज्ञान, व्यवस्थापन र कानुन विषय अध्ययनरत विद्यार्थीलाई एक समारोह आयोजना गरी बिदाइ गरिएको हो ।

कार्यक्रममा भजन चुड्का संघ गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोलाले विद्यार्थीलाई आगामी जीवनको उच्च सफलताको शुभकामना दिए । उनले भजन चुड्का गाएर रौनकता पनि थपेका थिए ।

कार्यक्रममा विद्यालय प्राचार्य डिल्लीराम अधिकारी, सहप्राचार्य भानुभक्त पोख्रेल, प्लस टु संयोजक नवीन प्यासी अधिकारीले विद्यार्थीलाई उच्च शैक्षिक सफलताको शुभकामना दिए । सो अवसरमा कक्षा ११ का विद्यार्थीले विभिन्न नृत्य, गायन, कविता वाचन गरेका थिए । बिदाइ भइ जान लागेका कक्षा १२ का छात्रछात्रा अजयकुमार राई र पूर्णिमा अधिकारीले बिदाइ कार्यक्रम गरेकोमा धन्यवाद गर्दै विद्यालय र गुरुहरुलाई सदैव सम्झना गर्दै मार्गदर्शनअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कक्षा ११ की डेनी पेमी मगरको अध्यक्षतामा भएको कार्यक्रममा झरना भण्डारीले स्वागत र आमोस दर्नाल, अनुशा पौडेल, एञ्जिला नेपाली र कृष्टिना गुरुङले संयुक्तरुपमा सञ्चालन गरेको सहप्राचार्य भानुभक्त पोख्रेलले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width