सुजल डेरीको सफल हेप्पी काउ मिल्क बजारमा

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
cow milk PR

पोखरा ।  सुजल डेरीको सफल हेप्पी काउ मिल्क पोखराको बजारमा आएको छ । उपभोक्ताको जरूरत र बजारको गाईको शुद्ध दूधको मागलाई मध्यनजर गर्दै कम्पनीले सफल हेप्पी काउ मिल्क बजारमा ल्याएको हो ।

सफल सफल हेप्पी काउ मिल्क गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिने कम्पनीले जनाएको छ । सफल सफल हेप्पी काउ मिल्कको प्रत्येक प्याकेट क्रिमयुक्त छ र सम्पूर्ण परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने दाबी कम्पनीको छ ।

न्युनतम ३.५ प्रतिशत फ्याट   र न्यूनतम ७.५ प्रतिशत एसएनफ हुने सफल हेप्पी काउ मिल्क सजिलै पचाउन सकिन्छ । कम्पनीले भनेको छ,  सफल सफल हेप्पी काउ मिल्क एसएनएफ र फ्याटको पूरै सन्तुलन मिलाईएको हुन्छ जस कारण यो स्वादिलो, क्रिमयुक्त र स्वास्थ्यवर्द्धक छ। यो दूधमा शरीरलाई चाहिने क्याल्सियम, प्रोटिन र भिटामिनकाका साथै अन्य मिनिरल पूर्ण रुपमा पाईन्छ जस्ले गदां पौष्टीकता पाउनुको साथ साथै शरिरलाई स्वस्थ राख्न मद्दत गर्दछ।

हिन्दु रितिरिवाज अनुसार धार्मिक कार्य जस्तै  भगवानलाई अर्पण गर्न , पञ्चामृत  बनाउन , त्यसैगरि अन्य शुभ कार्य जस्तै विवाह, ब्रतबन्ध र पुजाका कार्यहरुमा पनि सफल सफल हेप्पी काउ मिल्कको  प्रयोग गरिन्छ।  सफल हेप्पी काउ मिल्क बजारमा आधा लिटरकको पाउँचमा उपलब्ध छ। यस्को अधिकतम विक्री मूल्य ६० रुपैयाँ तोकिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width