मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०८०
muktinath-bakash-bank-pr (1)

पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कुल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

यस्तै ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्यान्ड परिसरमा र सुर्खेतको विरेन्द्रनगर–११ स्थित देउती बजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खाता लगायतबारे जानकारी दिइएको बैंकको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width