पोखरा फाइनान्सको २७ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

आदर्श समाज सम्वाददाता
चैत्र २, २०८०
pokhara-finance-Anniversary-picture-1024×811

पोखरा । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले शुक्रबार आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ । २०५३ सालदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरी निरन्तर सञ्चालित राष्ट्रियस्तरको पोखरा फाइनान्स लिमिटेड नेपालभर सञ्चालित फाइनान्सहरु मध्ये पुरानो हो ।

२७ औ वार्षिकोत्सवको अवसरमा फाइनान्सले शुक्रबार बिहान प्रधान कार्यालय न्युरोड पोखराको प्रांगणमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए ।

२७ औ वर्षसम्म आइपुग्दा फाइनान्सले ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बंैकिङ सुविधासहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिँदै अघि बढिरहेको बताएको छ ।

वित्तीय संस्थाको हाल अधिकृत पुँजी १ अर्ब ५० करोड छ । जारी तथा चुक्ता पुँजी १ अर्ब ८ करोड छ । यस वित्तीय संस्थाको हालसम्म देशका विभिन्न ठाउँहरुमा २४ वटा शाखा सञ्जाल, १ एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सञ्चालनमा रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।

संस्थाको २७ औं वर्षसम्मको निरन्तर यात्रामा सदभाव, साथ र सहयोग प्रदान गर्ने ग्राहक, सेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति फाइनान्सका अध्यक्ष राजकुमार गुरूङले कृतज्ञता व्यक्त गरेका छन् ।

त्यसैगरी आगामी दिनहरुमा समेत आफ्ना ग्राहकहरुलाई छिटो, छरितो, सुरक्षित एवम् सुदृढ सेवा प्रदान गर्न फाईनान्स तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width