प्रजातन्त्र सेनानी अग्निलाल बरालको निधन

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०८०
agnilal baral

पोखरा । प्रजातन्त्र सेनानी एवं सामाजिक व्यक्तित्व अग्निलाल बरालको ९० वर्षको उमेरमा बुधबार निधन भएको छ । पोखराको नुवारथोकका बराल राजनीति, समाजसेवाका साथै धार्मिक क्रियाकलापमा संलग्न थिए । पछिल्लो समय उनस् श्वासप्रश्वास रोगबाट पीडित थिए ।

बरालका २ पत्नीको यसअघि नै निधन भइसकेको छ ।

दुवैतिर गरी उनका ८ छोरी र ५ छोरा छन् ।

जेठा छोरा हेमराज बराल नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष हुन् । उनी हाल अमेरिका छन् । छोरा हेमराज आएपछि मात्रै अग्निलालको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

अर्का छोरा नविन नेपाली कांग्रेस पोखरा महानगर ७ का सभापति हुन् ।

अरु छोराहरु देवराज, सुन्दर र पवित्रराज बराल हुन् ।

अग्निलालको निधनप्रति विभिन्न संघसंस्थाका साथै राजनीतिक एवं सामाजिक व्यक्तिहरुले श्रद्धाञ्जलीका साथै समवेदना व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width