निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी

आदर्श समाज सम्वाददाता
वैशाख २, २०८१
lilkaji

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा लिलकाजी गुरुङ निर्वाचित भएका छन् ।

उनको यो दोस्रो कार्यकाल हो । संघको १६ औं अधिवेशनमा गुरुङले सुर्वण श्रेष्ठलाई ३० मतले हराएका हुन् । गुरुङले १ सय ९२ मत ल्याउँदा श्रेष्ठले एक ६२ मत पाए ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रेम पहारी, उपाध्यक्षमा सिरस बास्तोला, सचिवमा डम्बरराज ढकाल विजयी भए । सहचिवमा धु्रवबाबु भट्टराई, कोषाध्यक्षमा हिरामणि पोखरेल र सहकोषाध्यक्षमा किरण गौतम निर्वाचित भए । सदस्यहरुमा जनक श्रेष्ठ, मिलन सुवेदी, स्वीकार पोखरेल, हरिप्रसाद पहारी, प्रकाश जिसी र हेमप्रसाद गुरुङ निर्वाचित भए । नवनिर्वाचित कार्यसमितिको वैशाख ३ गते सोमबार पदस्थापन गरिने संघले जनाएको छ ।

संघको अधिवेशनमा प्रजातान्त्रिक र बामपन्थी गरी २ प्यानलकाबीच चुनाव भएको हो । प्रजातान्त्रिक खेमाको नेतृत्व गरेका गुरुङको प्यानलले पदाधिकारीमा १ पद बाहेक सबैमा जित हासिल गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा

    धनबहादुर गुरुङ असार ३१, २०८१
    पोखरा ।  आर्थिक वर्ष २०८०/०८१ को सोमबार अन्तिम दिन । सरकारी क्षेत्रबाट हुने आर्थिक वर्षका कामकारवाही सोमबारदेखि नै सकिन्छ ।…
  • विदेशी मुद्रा सञ्चिति बढ्यो

    आदर्श समाज सम्वाददाता असार २६, २०८१
    पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा…
  • पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार १८, २०८१
    पोखरा । पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक…
  • गण्डकीको बजेट बहुमतले पारित

    आदर्श समाज सम्वाददाता असार १७, २०८१
    पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले पेस…

hero news full width