युनाइटेड क्लबद्धारा शुक्रराज बलभद्र स्कुलमा खेलकुद सामग्री वितरण

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
united club day 2 news (1)

पोखरा । १४ औं वार्षिकोत्सवको अवसर पारी युनाइटेड क्लबले आफ्नो साताब्यापी कार्यक्रम अन्तर्गत आइतबार पोखरा १४ छिनेडांडामा रहेको शुुक्रराज बलभद्र माविमा खेलकुद सामाग्री वितरण गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको खेलकुद सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीले युनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरदा आफ्नो वडामा रहेको विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । आगामी दिनमा युनाइटेड क्लबले सामाजिक काम संगै देशमा विद्यमान अवस्थाहरुलाई मध्यनजर गरी कार्यक्रमहरु अगाडि वढाउनुपर्नेमा समेत जोड दिए ।

सो अवसरमा वोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव विशुद्ध सामाजिक कामकै लागि आयोजना गरिने भएकाले पोखरा महोत्सवको आम्दानीबाट बचत रकममध्ये केही रकम विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक, खेलकुद सामाग्रीहरु वितरण गर्दै आइरहेको बताए ।

त्यस्तै विद्यालयका प्रध्यानाध्यापक नारायण प्रसाद भण्डारीले युनाइटेड क्लव पोखरामा स्थापित भइकन राष्ट्रिय स्तरको क्लबका रुपमा आफुलाई चिनाउन सफल रहेको बताएदै युनाइटेड क्लबले आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी खेलकुदका सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । युनाइटेडको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुदको बिकासमा टेवा पुग्ने उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै युनाइटेड क्लबका कार्यसमिति सदस्य तथा खेलकुद सामाग्री वितरण कार्यक्रमका संयोजक सन्तोष कार्कीले युनाइटेड क्लबले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसरमा विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गर्दै आइरहेकोमा १४ औं वार्षिकोत्सवमा शुक्रराज बलभद्र स्कुलमा अध्ययनरत विद्यार्थीहरुको खेलकुदको बिकासमा केही थप मदत होस भन्ने अभिप्रायले खेलुकद सामाग्री वितरण गरिएको बताए ।

निर्माण समितिको संयोजक व्यवस्थापन समिति संयोजक तिकलराम लम्सालले युनाइटेड क्लबको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई राहत पुग्ने बताए । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठल पोखरा महोत्सव सफल बनाउन वडा नम्बर १४ वासीको समेत ठूलो देन रहेको बताए । युनाइटेड क्लवले आगामी दिनमा पर्यटकीय गन्तब्य निर्माणलाई जोड दिने बताउँदै वडा नम्बर १४ संग सहकार्य गरी वडा भित्र पर्यटकीय गन्तब्य निर्माण गर्न आफूहरु तयार रहेको बताए ।

युनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । साताब्यापी कार्यक्रम अन्तर्गत सोमबार लेखनाथ २७ अर्चलेमा रहेको कविशिरोमणी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको महासचिव सुनारले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width