सिग्देल बन्धु प्रतिष्ठानको केन्द्रीय महाधिवेशन नवलपुरमा

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०८१
chitwan newss

गैंडाकोट । सिग्देल बन्धु प्रतिष्ठान नेपालको २१औं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन नवलपुरको गैँडाकोटमा सुरु भएको छ । देशका विभिन्न ३४ जिल्लाबाट साधारणसभा तथा महाधिवेशनमा भेला भएका १ सय २० जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछ ।

सभा उद्घाटन गर्दै नेपाल सरकारका पूर्व उपसचिव डिल्लीराम सिग्देलले सम्पूर्ण सिग्देल बन्धुहरू एकजुट हुनुपर्ने बताए । देशभरका सिग्देलहरूको लगत तयार गर्न तथा सबैलाई एकैठाउँमा गोलबन्ध गर्न पनि प्रतिष्ठानको महŒवपूर्ण भूमिका रहने उनको भनाइ थियो । सिग्देल बन्धु प्रतिष्ठानको केन्द्रीय कार्यालय गैंडाकोटमा निर्माण गरिएकाले प्रतिष्ठानले सिग्देलहरूको संरक्षण, प्रवद्र्धन गर्दै नेतृत्वमा अगाडि बढ्नका लागि कार्ययोजना बनाएर आउनुपर्ने बताए ।

कार्यक्रममा पढ्दै कमाउँदै अभियानका अभियन्ता नारायणप्रसाद सिग्देलले विद्यार्थीहरूलाई पढाइसँगै सीप पनि सिकाएर लैजानुपर्ने बताए । पढाइसँगै सीप सिकेको खण्डमा उनीहरूको व्यावसायिक दक्षता वृद्धि हुने उनको भनाइ छ । सो कार्यक्रममा स्याङ्जाको हरिनास–३ का वडाध्यक्ष ओमप्रकाश सिग्देल, सिग्देल बन्धु प्रतिष्ठान झापाका अध्यक्ष डा. पुण्यप्रसाद सिग्देललगायतले बोलेका थिए ।

साधारणसभामा कोषाध्यक्ष नारायण सिग्देलको तर्फबाट पेस गरिएको आर्थिक प्रगति प्रतिवेदन एवं महासचिव गिरिराज उपाध्यायले पेस गरेको सांगठनिक प्रतिवेदन संशोधनसहित पारित गरिएको छ । कार्यक्रममा पढ्दै कमाउँदै अभियानका अभियन्ता नारायणप्रसाद सिग्देललाई सम्मान गरिनुका साथै सिग्देल बन्धु प्रतिष्ठान केन्द्रीय कार्यालयले प्रकाशन गरेको विसं २०८१ को भित्तेपात्रो विमोचन गरिएको थियो । सिग्देल बन्धु प्रतिष्ठानको केन्द्रीय अध्यक्ष दुर्गा सिग्देलको अध्यक्षतामा साधारणसभा भएको थियो ।

प्रतिष्ठानको नयाँ नेतृत्वको लागि आइतबार नै निर्वाचन प्रक्रिया सुरु गरिएको प्रतिष्ठानको प्रचार विभाग सदस्य श्रीराम सिग्देलले जानकारी दिए । उनका अनुसार आगामी कार्यालयका लागि सर्वसम्मत नेतृत्व चयन गर्ने गरी तयारी थालिएको छ । केन्द्रीय समितिमा अध्यक्ष १ जना, उपाध्यक्ष ७ जना, महासचिव १ जना, उपमहासचिव १ जना, सचिव ७ जना, कोषाध्यक्ष १ जना एवं सदस्यहरू १७ जना रहने गरी ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिने प्रचार विभाग प्रमुख सुभाष सिग्देलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width