प्रजातन्त्र सेनानी सुवेदीको निधन

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०८१
hiramani

पोखरा । नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्रका सेनानी हीरामणि सुवेदीको शनिबार निधन भएको छ । ८९ वर्षे सुवेदी फोक्सो र मुटुसम्बन्धी समस्याबाट ग्रसित थिए ।

नेपाली कांग्रेस कास्की उपसभापति भइसकेका उनी नेपाल किसान संघको केन्द्रीय सदस्यसमेत थिए । सभापति शुक्रराज शर्मा सभापति हुँदा सुवेदी जिल्ला उपसभापति थिए ।

मुलुकमा प्रजातन्त्र स्थापना र पार्टीको सुदृढीकरणमा लागेकै कारण उनी पटकपटक जेल परेका थिए । २०१७ सालमा उनीसहित कास्कीका नेता तथा कार्यकर्तालाई तत्कालीन सरकारले झुटा मुद्दा लगाएर जेल हालेको थियो । नारायणदत्त रानाभाट, चूडामणि लामिछाने, भोजराज भण्डारी, भोजराज सुवेदीलगायत कांग्रेस नेतालाई टेलिफोन चोरीको आरोप लगाएर जेल चलान गरिएको थियो । २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलनमा पनि सुवेदीले जेल परेका थिए ।

राजनीतिसँगै शैक्षिक र धार्मिक विकासमा समेत उनी निरन्तर क्रियाशील थिए । सुवेदीसमेतको अगुवाइमा लक्ष्मी मावि, लक्ष्मी आदर्श मावि लगायत शैक्षिक संस्थाहरू स्थापना भएका थिए । रेडक्रसलगायत सामाजिक संस्थामा समेत उनी आबद्ध थिए ।

सुवेदीका २ पत्नीमध्ये थिए । १ पत्नीको २० दिन अगाडिमात्र निधन भएको थियो । सुवेदीका २ छोरा राजनमणि र ऋषिमणि तथा ६ छोरी छन् । उनको अन्त्येष्टि आइतबार गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width