पौडेल वंश महासंघ प्रदेश अधिवेशन तयारी

आदर्श समाज सम्वाददाता
फागुन २९, २०८०
poudel bamsha

पोखरा । पौडेल वंश महासंघको आगामी चैत २४ गते दोस्रो गण्डकी प्रदेश अधिवेशन हुने भएको छ ।

महासंघ गण्डकी प्रदेश समिति सचिव रामजी पौडेलको अध्यक्षता एवं पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलको प्रमुख आतिथ्यमापोखरा सम्पन्न बैठकले अधिवेशन सफल पार्न विभिन्न उपसमिति गठन गरेको छ ।

बैठकले रामजी पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो । सदस्यसचिवमा कृष्णप्रसाद पौडेल (स्याङ्जा) छन् । सदस्यमा कृष्णप्रसाद, धनञ्जय, उपेन्द्र, प्रेमप्रसाद र दुुर्गादत्त पौडेल चयन भए ।

यस्तै, कृष्णप्रसाद पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । सदस्यमा धनञ्जय, विश्वनाथ, टंकप्रसाद र गोपाल पौडेल हुनुहुुन्छ । त्यस्तै प्रचारप्रसार समिति उपसमितिको संयोजकमा राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र निर्वाचन उपसमितिको संयोजकमा दीपक पौडेललाई चयन गरिएको छ ।

बैठकमा पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले वंशीय उत्थान र एकताका साथै राष्ट्र र समाजको समग्र उन्नयनका लागि पौडेल वंश महासंघका केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्मका समिति क्रियाशील बन्ने बताए । पौडेल वंश महासंघ गण्डकी प्रदेश समितिका सचिव रामजी पौडेलले महासंघको दोस्रो प्रदेश अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न गठित उपसमितिहरू सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width