द क्लिफमा प्रहरीका प्रशिक्षार्थीको ‘बञ्जी जम्प’

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०

पोखरा । प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम अन्तर्गत नवौं समूहमा तालिमरत १ सय १४ प्रशिक्षार्थी प्रहरीहरु बञ्जी जम्प गर्न कुश्मास्थित द क्लिफ पुगेका छन् । बिहीबारदेखि सुरु बञ्जी जम्प शनिबारसम्म चल्नेछ ।

बिहीबार १२ जनाले जम्प गरेका छन् भने बाँकीले शनिबार जम्प गर्ने छन् । प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा प्रहरीहरू बञ्जी जम्प पुगेको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए ।

यसअघि पनि प्रहरीका दुई समूहले फरक–फरक समयमा द क्लिफमै बन्जी गरेका थिए । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width