पोखरा । नेपाली सेना अन्तरगत रहेकाे बर्दबहादुर गणबाट अवकाश र उपदानमा निस्किएका गण्डकी प्रदेश अन्तरगतका भूपू सैनिकहरुकाे साझा संस्था “गण्डकी भू.पु. बर्द परिवार” ले शुभ दिपावली, नेपाल सम्वत, छठ तथा ल्हाेसार पर्वकाे पावन अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलाे कार्यक्रम सम्पन्न गरेको छ।
नेपालीहरुको चाडपर्वहरु तिहार, छठ, ल्होछार लगायतको चाडपर्व आगमनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि सेनानी हुमानसिंह कुवर, विशेष अतिथि सहसेनानी हरिबहादुर क्षेत्री, सहसेनानी सुरजबहादुर केसी, संस्थाका सल्लाहकार प्रेमकुमार क्षेत्री, सहसचिव खेमराज रेग्मी, कार्यसमिति सदस्य वैकुण्ठ थापा, बलबहादुर थापा, संस्थाका मानार्थ सदस्य शिवकुमार क्षेत्री, वर्द परिवारबाट श्रीमती कविता रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
भर्खरै पदाेन्नति भएका सेनानी हुमानिसंह कुवर र सि सं६४ अधिकृत क्याडेड (सहायक सेनानी) परीक्षाकाे अन्तिम नामावलीमा नाम निकाल्न सफल सुगम केसीलाई बधाई तथा सम्मान गरिएकाे उक्त कार्यक्रममा गंगालाल ह्रदय केन्द्रमा उपचाररत संस्थाका अध्यक्ष लक्ष्मण रानाभाटकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गरिएको थियो ।
देउसी भैलाेबाट संकलित रकम संस्थाकाे काषमा राखिने र अावश्यकता अनुसार बैठकबाट सामाजिक कार्यक्रममा उपयाेग गरिने संस्थाका सल्लाहकार पूर्णलाल श्रेष्ठले जानकारी दिए ।
समाजका उपाध्यक्ष पदम बहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काेषाध्यक्ष हरिकृष्ण घिमिरेले स्वागत मन्तव्य र सचिव थानेश्वर पाैडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
उच्च अदालतको मुख्य न्यायाधीशमा पोखराकी शान्तिसिंह थापासहित ६ जना सिफारिस
फोनिज गण्डकीलाई २ लाखको अक्षयकोष
पत्रकार अधिकारीलाई वडाध्यक्षको धम्की, पत्रकार सम्बद्ध संस्थाले गरे निन्दा
लक्ष्मी आधारभूत पूर्व विद्यार्थी मञ्चमा छविराज
सबै अदालतलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०