कलाकार प्रकाश घिमिरे गम्भीर घाइते

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०८०
prakash

पोखरा । कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका छन् । उनकाे मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार बिहान साढे ९ बजे पोखरा ३ नदीपुरको भिरमा घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका हुन् । उनी अचेत छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार घिमिरेको शीघ्र स्वास्थ्यको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनसँग आग्रह गरेका छन् ।

कलाकार घिमिरे अभिनीत फिल्म ‘पशुपतिप्रसाद–२ भष्मे डन’ अहिले हलमा चलिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width