पोखरा । गौतम बुद्ध विश्वशान्तिका अग्रदूत हुन् । यसलाई विश्वले मानेको छ । नेपालमा यसको प्रचारप्रसार र संरक्षणका लागि नेपालमा धर्मोदय सभा स्थापना भयो । अनेक झमेला व्यहोर्दै बौद्ध धर्मालम्बी र भिक्षुहरुले बुद्ध धर्मको पुनरावृत्ति र विकास गर्दै थिए । सो समयमा नेपालमा जहानियाँ राणाशासन थियो ।
त्यो समय थेरवाद बुद्ध धर्मको पुनरावृत्तिको माहौल बन्न थालेपछि तत्कालिन राणा प्रधानमन्त्री जुद्धशमशेरले २००१ सालमा नेपाल भएका सबै भिक्षुलाई देश निकाला गरे । उनीहरु भारत निर्वासनमा पुगे । बुद्ध धर्ममा मान्ने नेपालीहरु भारतमा धेरै नै थिए । अन्ततः निर्वासित भिक्षुहरु र भारतमा रहेका अन्य व्यक्तिहरु सारनाथमा भेला भएर धर्मोदय सभा निर्माण गरे । भारतबाट गरिएको संघर्षका कारण उनीहरु २००३ सालमा निर्वासित भिक्षुहरु पुनः नेपाल आए ।
नेपालमा प्रजातन्त्र स्थापनापछि २००८ सालमा धर्मोदय सभा नेपाल सारियो । अनि नेपालबाटै विभिन्न उद्देश्य राखेर काम सुरु ग¥यो । त्यो समय नेपालभर बौद्ध स्कुल स्थापना गर्ने, गाउँसहरमा बौद्ध विहार स्थापना गरी बौद्ध शिक्षा फैलाउने, लुम्बिनी र कपिलबस्तु जस्ता बौद्ध सम्पदा संरक्षण गर्न सरकारलाई घच्घचाउने लगायत उद्देश्य राखेको थियो ।
सभाको उद्देश्य अनुसार काम पनि भएको धर्मोदय सभाका केन्द्रीय उपाध्यक्ष डा. केशवमान शाक्यले बताए । सभाको अग्रसरतामा लुम्बिनी प्रबन्ध समिति, लुम्बिनी विकास योजना बनेको डा. शाक्यले सुनाए । यस्तै धर्मोदयको अगुवाइमा चौंथो र १५ औं विश्व बौद्ध सम्मेलन नेपालमा भएको थियो । धर्म निरपेक्षता अभियान, जनगणना अभियान लगायत कार्य धर्मोदय सभाले नै आयोजना गरेको डा. शाक्यले बताए ।
पोखरामा ‘धर्मोदय सभा:उपलब्धि र चुनौती’ विषयक गोष्ठी
धर्मोदय सभा केन्द्र कास्कीले पोखरामा आयोजना गरेको ‘धर्मोदय सभा: उपलब्धि र चुनौती’ विषयक गोष्ठीमा डा. शाक्यले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा बुद्ध धर्मको प्रचारप्रसारमा सभाले उल्लेखनीय कार्य गरेको बताए । उनका अनुसार सभाले थालेको जनगणना अभियानबाट २०३८ सालमा ५ प्रतिशत रहेको बुद्ध धर्म मान्नेहरुको जनसंख्या बढेर २०४८ सालमा ७.५ प्रतिशत पु¥याएको उनले सुनाए । यस्तै २०५८ मा १०.५ प्रतिशत पुगेको थियो ।
डा. शाक्यका अनुसार त्यसपछि भने सभाको काम सुस्त हुँदै गएको छ । त्यसपछि संस्थामा चुनौतीका चाङ देखिएको उनले बताए । जनगणना २०६८ मा बुद्ध धर्म मान्नेहरुको जनसंख्या ९ प्रतिशत र २०७८ सालमा ८.५ प्रतिशत हुनुले धर्मोदय सभामा चुनौती र समस्या देखिएको उनी सुनाउँछन् । अहिले सरकारले गठन गरेको लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालयमा धर्मोदय सभाको उपस्थिति नरहनु, हिन्दु राष्ट्र घोषणा गर्ने आवाज उठ्नु चुनौती रहेको उनले बताए । यस्तै बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा धर्मोदयले भूमिका खेल्न नसक्नु, विभिन्न जातजातिसँग सभा बेखबर रहनु, आफ्नै केन्द्रीय कार्यालय बनाउन नसक्नु जस्ता चुनौतीका बीचमा सभा चलिरहेको उनको भनाइ छ ।
देशभर रहेका ४५ शाखाले कार्यक्रम गर्न नसकेको अवस्थामा गोष्ठी आयोजना गरेर संस्था चलायमान बनाएको धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्यले बताए । संस्थाले आगामी दिनमा अझै बढी काम गर्नुपर्ने उनको तर्क थियो । सभाले यसभन्दा अघि १२ वटा राष्ट्रिय सम्मेलन र ३ वटा क्षेत्रीय सम्मेलन गरिसकेको उनले जानकारी दिए । धर्मोदय सभाको आन्दोलनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बनेको उनको जिकिर थियो । सोही आन्दोलनका कारण जानजातिले पहिचान खोज्दै जातीय संघसंस्था खोलेको पनि उनले बताए । विगतमा धेरै उल्लेखनीय कार्य गर्न सफल सभाले आगामी दिनमा पनि धेरै काम गर्ने सक्ने भएकाले यसका लागि सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा भिक्षु धज्जवन्तोले नेपालमा बुद्ध धर्मको प्रचारप्रसार जति हुनुपर्ने हो त्यति नभएको बताए । यसका लागि सबै नेपाली एक भएर लाग्नुपर्ने उनको भनाइ थियो । ‘समस्या पक्का छ । त्यो समस्या पनि आफैँभित्र छ,’ उनले भने, ‘त्यसैले एकअर्कालाई दोष नलगाई समाधान पनि आफैँभित्रबाट खोज्नुपर्छ । अब हामी मिल्नुभन्दा अर्को विकल्प छैन ।’ गाउँ, टोल, सहरमा बौद्ध विहार स्थापना गरी जागरण भर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सभाका केन्द्रीय सदस्य प्रकाशमान गुभाजुले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । धर्मशिला बुद्ध विहार दायक सभाका अध्यक्ष श्याम शाक्यले विहारको संरचना छिटो निर्माणका लागि सबैले साथ दिनुपर्ने बताए । सो कार्यक्रमका संयोजक उत्तममान बुद्धाचार्यले कास्की शाखालाई आगामी दिनमा अझ बढी कार्यक्रम गरी चलायमान बनाउने बताए । धर्मोदय सभा कास्की अध्यक्ष चन्द्रलक्ष्मी गुभाजुले पोखरामा बुद्ध धर्मप्रतिको मोह घटेकाले रचनात्मक कार्य गर्दै जागरण भर्ने बताइन् ।
Related News
सम्बन्धित समाचार
पाल्पाली सहकारी र मणिपालबीच सम्झौता
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
hero news full width
मुख्य समाचार
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०