पोखरा । पोखरामा पचासको दशकमा ब्यान्डहरुको जगजगी थियो । तर, अहिले समयक्रमअनुसार अधिकांश सुस्ताए । लामो समय सुस्ताएको पोखरेली ब्यान्ड पुनर्जागित गर्ने उद्देश्यले पोखरा सांगीतिक कलाकार संघले इन्टर कलेज ब्यान्ड कम्पिटिसन गर्दैछ । १२ र १३ असोजमा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
संघले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आवश्यक तयारी पूरा भएको जनायो ।
प्रतियोगितामा १८ कलेजका २१ टिमले भाग लिएका हुन् । तीमध्ये भद्रकाली मावि, कालिका मावि, कुमुदिनी होम्स, इन्फोमेटिक्स कलेज, कान्तिपुर कलेज, ग्लोबल कलेजियट, सगरमाथा मावि, लाभेन्ज बोर्डिङ स्कुलले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले बताए । त्यस्तै, प्रगति बोर्डिङ, प्रतिभा मावि, पोखरा एकेडेमी, न्यू ग्यालेक्सी, मदरल्यान्ड, न्यू डायमन्ड मावि, लिङ्कन कलेज र पश्चिमाञ्चल माविले पनि भाग लिएका छन् । प्रतिभा, प्रगति र न्यू डायमण्डले २/२ टिमले भाग लिएका छन् । कक्षा ८ देखि स्नातकोत्तरसम्मका विद्यार्थीले भाग लिन पाउने प्रतियोगितामा धेरैले फर्म भरे पनि डिजिटल अडिसन आधारमा २१ टिम छनोट गरिएको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए ।
प्रस्तुतिका आधारमा १० टिम फाइनल पुग्ने र तिनीहरुमध्ये प्रस्तुति आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने छ ।
इन्टरकलेज ब्यान्ड कम्पिटिसनमा १८ कलेजका २१ टिमबीच प्रतिस्पर्धा
व्यान्डहरुले कभर सङमात्रै गाए पनि पुग्छ । प्रथमलाई १ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाई पनि नगद ५ हजारसहित पुरस्कृत गरिनेछ ।
पोखराको सांगीतिक माहोल तताउँदै व्यान्डहरुलाई पुन:जागृत गराउने उद्देश्यले इन्टरकलेज व्यान्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । संघका अध्यक्ष हर्कराज गुरुङले प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका सहसचिव विनोद बानियाले शिक्षा र संगीतलाई जोड्ने प्रयास आफूहरुले गरेको बताए । ‘कुनै बेला पोखरा सांगीतिक व्यान्डको सहरको परिचय बनाएको थियो,’ बानियाले भने, ‘अहिले त्यो अवस्था शून्यतामा छ । फेरि उठाउने प्रयास गरिएको छ ।’
प्याब्सन कास्की अध्यक्ष मधुराप्रसाद पौडेलले कलाकार संघले शिक्षा र संगीतलाई जोड्ने प्रयास सह्रानीय भएको बताए । यो कार्यक्रम गर्न सधैं सहयोग गर्ने बताए ।
Related News
सम्बन्धित समाचार
स्याङ्जाका कलाकार प्रकाश ढकाल त्रिशूली किनारमा मृत भेटिए
फेरि जाग्दै कन्दरा
ब्यान्ड कम्पिटिसनमा ‘द लिङ्कन’ ब्यान्ड प्रथम
जादुयी स्वरकी धनी सिम्रन
गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०