इन्द्रधाराको ‘मुस्ताङे नानी’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार २९, २०८०
Mustange-Nani-02

पोखरा । किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित ‘मुस्ताङे नानी’ नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।

गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा इन्द्रधारा बिष्टको शब्द तथा संगीत रहेकोे गीत एसटु प्रोडक्सन प्रालिले प्रस्तुत गरेको हो । एस टु प्रोडक्सनको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

प्रालिले एक दशक भन्दा लामो समयदेखि म्युजिक भिडियो, कमर्सियल एड र रियालिटी सो सम्बन्धी काम गर्दै आएको छ । प्रालिकै प्रस्तुति रहेको यो गीत विश्व दोङले गाएका हुन् । गीतमा वरिष्ठ नृत्य निर्देशक सुवास राई र रिक्साङ गुरुङको आकर्षक अभिनय छ । लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ लोमान्थाङका बासिन्दा बिष्टले यो गीत २ वर्ष अघि लेखे पनि अहिले आएर श्रव्यदृष्यमा समेटिएको हो ।

गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढी र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ । यो गीत खासगरी मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी तयार गरिएको बिष्टले बताए । यसअघि ‘लोमान्थाङमै बसम’ र ‘हिमाल पारी लोमान्थाङ गाउ’ँ गरी दुई गीत बजारमा ल्याइसकेका बिष्टको यो तेस्रो गीत हो । ‘आमा तिम्रो’ बोल भएको चौंथो गीत पनि आफूले लेखिसकेको उनले सुनाए ।

गीतको अरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा छन् । गीतको निर्देशन र सम्पादन भने सुरज श्रेष्ठले नै गरेका हुन् । मञ्जु श्रेष्ठको मेकअप रहेको गीतको कोरियोग्राफर भने एमडी सुवास गुरु हुन् ।

कोरस नृत्यमा भने महिलातर्फ रिक्साङ गुरुङ, कर्म याङडोन, धावा छोन्जोम, पासाङ ढोल्मा, सोनाम ल्हामो, रिन्जेन ढोल्मा र पुरुषतर्फ छेरिङ नोर्बु, पेमा वाङदी, तेञ्जिङ, छेवाङ जेन्देन र सोम छेरिङले साथ दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • जादुयी स्वरकी धनी सिम्रन

    विजय नेपाल भाद्र ३०, २०८०
    पोखरा । संगीतको शक्ति कतिसम्म हुन्छ भन्ने कुरा यसमा रम्नेहरु पूरा जानकार छन् । सुमधुर संगीतमा डुबुल्की मार्दा मानिसले दुख…
  • गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८०
    पोखरा । ‘हत्या हिंसा, बलात्कार घटना हो निर जाले हो छाउपडी गा’छैन । उठ उठ दिदी र बहिनी हो हो…
  • बजारमा प्रियाको ‘मनको भारी’

    आदर्श समाज सम्वाददाता भाद्र १७, २०८०
    पोखरा । पोखराकी गायिका प्रिया गुरुङको मनको भारी सार्वजनिक भएको छ । ज्योति गुरुङको शब्द तथा अमीत गुरुङले संगीत भरेका…
  • प्रकाशको ‘दमाई महाराज’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८०
    पोखरा । गलबन्दी र बोलमायाको सफलतापछि चर्चित गायक प्रकाश सपूतले दोस्रो भागको रुपमा ‘दमाई महाराज’ शीर्षकमा नयाँ गीत सार्वजनिक गरेका…
  • ‘कता टेकुँँ’ गजल सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार २३, २०८०
    पोखरा । साहित्यकार तथा लोकगायिका हरिदेवी कोइरालाको रचना तथा संगीतबार बिबी अनुरागीको स्वरसंगीतमा ‘कता टेकुँ’ गजलको म्यूजिक भिडियो सार्वजनिक भएको छ…

hero news full width