पोखरा। प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारको काम तथ्यको आधारमा सत्य स्थापित गर्ने हो भनेका छन् ।
प्रेस चौतारी नेपाल कास्कीको २५ औं वार्षिक साधारणसभाको सोमबार पोखरामा उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘पत्रकारको पक्षधरता भनेको पत्रकारको वर्गीय पक्षधरता भनेको असत्यका विरुद्ध कलम चलाउने हो । सत्तामा बसेर बेइमानी गर्नेहरुका विरुद्ध कलम चलाउने हो र पीडित जनताका आवाज बाहिर ल्याउने हो ।’ पत्रकार शुद्धीकरण अभियानको प्रस्ताव आफूले नै ल्याएको स्मरण गर्दै उनले १५ बुँदे शुद्धीकरण मापदण्डको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
प्रेस चौतारीका महासचिव हिरामान लामाले देशैभरिका रेडियो र पत्रिका बन्द हुने अवस्थामा रहेको बताउँदै पेसागत दक्षतालाई अब्बल बनाउन सबै जना जुट्नुपर्ने बताए । उनले प्रेस चौतारी अहिले देशभर साधारणसभामा रहेको उनले बताए ।
एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारीले मिसन पत्रकारिताको हिसाबले अघि बढ्नुपर्ने सुझाव दिए । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकार शुद्धीकरणको अभियान कास्कीमा जारी रहेको बताइन् । उनले मापदण्डले छुने पत्रकारले स्वघोषणा गरी सहयोग आग्रह गरिन् ।
कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुष्मा पौडेल, प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज रुद्र श्रीष, प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रेस युनियन कास्की अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपाल कास्की समन्वय समिति अध्यक्ष कृष्ण दवाडी लगायतले पत्रकारको हकहितको पक्षमा सबै संगठनहरु एक हुनुपर्ने बताए । प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोतीसागर अधिकारी र सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बिनु र तारालाई मीना सिर्जनशील समावेशी पुरस्कार
नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ऋषिकान्तलाई यातायात पुरस्कार
माउन्ट अन्नपूर्णमा बालदिवस
तारा एअरले सोमबारदेखि पोखरा–जोमसोम उडान थाल्ने
नेविसंघ कास्कीको रक्तदानमा ५२ युनिट रगत
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०