शिवशिखर र इमेज सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
sahakari

काठमाडौं । बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री श्रेष्ठसँग भेटेर इमेज सहकारीको ठगी प्रकरणबारे जानकारी दिँदै उनीहरूले सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरे ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुखसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष देवकुमार नेपाली हजारौं बचतकर्ताको करोडौं रूपैयाँ हिनामिना गरेर बेपत्ता भएको आरोप बचतकर्ताले लगाएका छन् । भ्रष्टाचारविरूद्व नागरिक अभियानका टोलीले प्रधानमन्त्रीको कार्यालयमा पुगी जिल्लाको वस्तुगत अवस्थाबारे जानकारी गराउँदै तत्काल पक्राउ पुर्जी जारी गराउन अनुरोध गरेको संयोजक एकबहादुर केसी संगमले बताए ।

गृह मन्त्रालयका सहसचिव जीतेन्द्रबहादुर बस्नेत, सहकारी विभागका रजिस्टार नवराज घिमिरेसँग भेटेर बागलुङको शिवशिखर बहुउद्देश्यीय सहकारी र इमेज बचत तथा ऋण सहकारी संस्थाको अवस्थाबारे जानकारीसहित ध्यानाकर्षण गराइएको उनले बताए ।

गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले प्रधानमन्त्रीको कार्यालयले सिआइवी सहकारी विभागलगायत सरोकारवालालाई बागलुङको सहकारीमा भएको घटनाबारे जानकारी गराउँदै तत्काल प्रक्रिया अगाडि बढाउन भनेका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख योगेन्द्रकुमार खड्काले सहकारी पीडितहरूले दिएको ठगी प्रकरणको उजुरी दर्ता गर्न समेत आनाकानी गरेको उनीहरुको आरोप छ ।

Related News

सम्बन्धित समाचार

  • शीतल सहकारीको १४ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा महानगर सहकारी…
  • एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा ।  एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनबिार भएको छ । कार्यक्रम उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकास…
  • हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाको गोला…
  • संगम सहकारीको १६ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको…
  • पोखरा फाइनान्सका अध्यक्ष गुरूङको सपथ ग्रहण

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।…

hero news full width