प्रोगेसिभको क्युआर भुक्तानी सेवा

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०८०
progressive

पोखरा । प्रोगेसिभ फाइनान्स लिमिटेडले सोमबारदेखि क्युआर भुक्तानी टेलर सेवा सुरु गरेको छ । यो सुविधाले ग्राहकलाई सानासाना रकम झिक्न चेकबुक तथा डेबिट कार्डको झन्झटबाट मुक्त बनाएको छ ।

यो सेवा लिन मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टर कार्यालयमा गई क्युआर स्क्यान गरेर रकम भुक्तानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

यसको भुक्तानी सीमा भने मोबाइल बैंकिङको भुक्तानी सीमा अनुरुपकै रहनेछ । फाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराईले यस सेवाको उद्घाटन गर्दै क्युआर भुक्तानी सेवाको प्रयोग गरी सुरक्षित र भरपर्दो विद्युतीय बैंकिङ कारोबार गर्न सम्पूर्ण ग्राहकलाई अनुरोध गरे ।

एटिएम, मोबाइल बैंकिङ, इ–बैंकिङ, आइपिएस, कनेक्ट आइपिएस, क्युआर पेमेन्ट, सी आस्वा, डी म्याट लगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिट्यान्स सेवाको उपलब्धता रहेको फाइनान्सले हाल २२ शाखा तथा ४ विस्तारित काउन्टरमार्फत सम्पूर्ण बैंकिङ सेवाहरु प्रवाह गरिरहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width