गभर्नरलाई पर्यटन व्यवसायीको ज्ञापन, चर्को बैंक ब्याजदरले उठिवास

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०८०
4eeeb489-b661-4e0d-9c2e-2a7d84cd9d4d

पोखरा । पोखराका पर्यटन व्यवसायीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

पर्यटन व्यवसायीद्वारा गभर्नर अधिकारीसँग समसामयिक विषयमा छलफल कार्यक्रममा उनीहरुले सरकारको नीति व्यवसायी जीवनरक्षाको लागि सञ्जीवनी हुन सक्ने भन्दै त्यसमा ध्यान दिन आग्रह गरेका छन् । पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्का तर्फबाट अध्यक्ष पोमनारायण श्रेष्ठले बुझाएको ज्ञापनपत्रमा व्याजदर एकल अंक र घर कर्जाजस्तै व्यावसायिक कर्जाको समायावधि अधिकतम हुनुपर्ने, पर्यटन क्षेत्रमा बैक तथा वित्तीय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने, चालुपँुजी कर्जा निर्देशन अनुसार कारोबार आधारमा चालुपँुजी कर्जा दिइनेमा पर्यटनमा अहिलेको ब्यापार औषतभन्दा पनि कम भएकोले पुनर्विचारको माग गरिएको छ । साथै, व्याज किस्ता तिर्न नसकेको कारणले लाग्ने पेनाल्टी छुट गरिनुपर्ने, पुनर्कर्जा र पुनर्तालिकीकरणको समय बढाउनु पर्ने, भारतीय मुद्राको डिपोजिट सहज सहित २ सय र ५ सयको नोट सहजरुपमा चल्ने वातावरण बनाउन माग गरिएको छ ।

मौद्रिक नीतिको समीक्षा गरी व्यवसायीमैत्री बनाउन व्यवसायीको रायसुझाव सम्बोधन हुने गरी नेपाल राष्ट्र बैंकले सकारात्मक उपाय अवलम्बन गर्ने विषयमा उनीहरुले विश्वास गरेका छन् । गत ४ चैतमा पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको स्मरण गराउँदे व्यवसायी बचाउने र लगानी सुरक्षित गर्दै नवीनतम् योजनामा राष्ट्र बैंकले विशेष प्याकेज ल्याउनेमा आफूहरु विश्वस्त रहेको परिषद् अध्यक्ष श्रेष्ठले बताए । राष्ट्र बैंकले ल्याउने नीतिले व्यवसायी उठ्न सक्ने र पर्यटकीय राजधानी समृद्धिको ढोका खोल्ले व्यवसायीको विश्वास छ ।

पर्यटन व्यवसायले गएका केही वर्षदेखि एकपछि अर्को संकटको सामना गर्नुपरेको स्मरण गराउँदै सन् २०२४ पर्यटकीय सिजन मार्चको अन्तिम हप्तासम्म पुग्दा आशा गर्ने स्थितिमा नरहेको तथा व्यवसायमा आएको गिरावट र चर्को बैंक ब्याजदरकै कारण कतिपय पर्यटनकर्मी व्यवसायबाट पलायन भएको गुनासो गरिएको छ ।

अधिकांश व्यवसायी व्यवसाय छोड्ने कि गरिरहने भन्ने दोसाँधमा रहेको भन्दै ऋण तिर्न सक्ने समय र उत्प्रेरणा चाहिएको जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width