मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याकमा उद्घोषण तथा नेतृत्व विकास तालिम भएको छ ।
गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा महिलाहरुको सशक्तीकरण लागि ४ दिनसम्म सो तालिमको आयोजना गरिएको शाखा प्रमुख ललिता पौडेलले बताइन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रिङजिन नाम्गेल गुरुङले महिलाहरुलाई अगाडि बढाउन यो तालिम निकै प्रभावकारी भएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले मुस्ताङका महिलाहरुले चुलोचौका छाडेर तालिममा सहभागी भई निर्धक्क भएर बोलेको देख्दा खुसी लागेको बताए । सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेको तालिममा वडा ५ अन्तर्गत फल्याक र ढाकरझोङका ३० जना महिलाहरुले भाग लिएका थिए । तालिम गाउँपालिका उपाध्यक्ष दिकी गुरुङको अध्यक्षतामा भएको हो ।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारी कास्कीको साधारणसभा
चालक तथा सहचालकलाई प्रशिक्षण
मगर संघ बुढीबजारमा रामबहादुर
टोल विकास संस्था समन्वयमा उत्तम जोशी
कांग्रेस नेतृ गंगा केसीको निधन
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०