पोखरा । सशत्र प्रहरी बल गण्डकी प्रदेशका प्रमुख तथा गण्डकी प्रदेश सुरक्षा समितिका सदस्य डिआइजी शम्भु सुवेदीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशले बिदाइ गरेको छ ।
काठमाडौं सरुवा भएका सुवेदीलाई प्रदेश सुरक्षा समितिको नियमित बैठकको अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले बिदाइ गरे ।
मन्त्री गाहामगरले उत्तरोत्तर प्रगतिको कामनासहित थप सफलताको शुभकामना व्यक्त गरे । गण्डकी प्रदेशबाट सरुवा भए पनि आवश्यक परेको खण्डमा आगामी दिनमा डिआइजी सुवेदीसँग समन्वय गर्ने धारणा राखे ।
बिदाइ कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल आर्मी विजयपुरका पृतनापति दीपककुमार बानिया, राष्ट्रिय अनुसन्धान विभागका गण्डकी प्रदेश प्रमुख अनुसन्धान निर्देशक मधु कार्की, नेपाल प्रहरीका प्रहरी उपरीक्षक खड्कबहादुर खड्का, मन्त्रलायका उपसचिव चण्डिका पौडेल लगायत मन्त्रालयका कर्मचारीहरुले ढाकाको टोली, खादा, माला तथा मायाको चिनो प्रदान गरिएको थियो ।
प्रदेश सुरक्षा समितिको नियमित बैठकमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, स्ववियु निर्वाचन लगायतको विषयमा छलफल भएको थियो ।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारी कास्कीको साधारणसभा
चालक तथा सहचालकलाई प्रशिक्षण
मगर संघ बुढीबजारमा रामबहादुर
टोल विकास संस्था समन्वयमा उत्तम जोशी
कांग्रेस नेतृ गंगा केसीको निधन
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०