श्रवण दृष्टिविहीनका सबालबारे चासो

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७९
apanga progrem photo

पोखरा । श्रवणदृष्टि विहीनका समस्या समाधानमा सरोकारवाला निकायले चाँसो राख्नुपर्ने औंल्याइएको छ । श्रवण दृष्टिविहीन संघ नेपालको आयोजनामा आइतवार पोखरामा आयोजित ‘नेपालका श्रवणदृष्टि विहीन भएका व्यक्तिहरुको सवालमा पत्रकारले खेल्नुपर्ने भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
संघका अध्यक्ष पुष्पराज रिमालले कतिपय अवस्थामा अपांगता भएका व्यक्तिलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिने गरेको औंल्याउँदै पत्रकारले त्यस्तो अवस्थालाई चिर्न सक्नुपर्नेमा जोड दिए ।

उनले श्रवण दृष्टिविहीनका बारेमा लेख लेख्न, सम्बन्धित व्यक्तिसँग अन्र्तवार्ता लिन, राज्यले उनीहरुलाई दिएका सेवा सुविधाका बारेमा प्रचारप्रसार गर्न, परिचयपत्र वितरणलाई थप सहज बनाउन, दोभाषे उपलब्धता सहज बनाउन पत्रकारले भूमिका खेल्नुपर्ने भन्दै अपांगता परिस्थितिजन्य अवरोध भएको उल्लेख गरे ।

रिमालले श्रवणदृष्टि विहीनबारे हालसम्म निर्माण भएका ऐन कानुनबारे सञ्चार संस्थामार्फत् प्रचारप्रसार गरिदिन पनि आग्रह गरे ।

उक्त अवसरमा पूर्ण अपाङले रातो परिचय पत्र पाउने तथा प्रकृतिको आधारमा नेपालमा अपांगतालाई १० भागमा बाँढिएको जानकारी गराइयो । त्यस्तै रुबेला, असर सिन्ड्रोम, विभिन्न संक्रामक रोगका कारण श्रवण दृष्टिविहीनको समस्या बढ्नेतर्फ सचेत समेत गराइयो ।

पत्रकार श्याम कुँवर, मोतिसागर अधिकारी, गौरव त्रिपाठी, तीर्थ केसी, विनु मस्रांगी , प्रकाश अधिकारी, गणेश रामदाम, लगायतले अपांताको सवालमा पोखरेली मिडिया चनाखो रहेको सुनाउँदै समस्या समाधानमा सहयोगी बन्ने विश्वास दिलाए ।

Related News

सम्बन्धित समाचार

hero news full width